-->
दृष्टिविहीन सौगात वाग्लेले ल्याए ३.८ जीपीएसहित सर्बोत्कृष्ट ग्रेड
Advertisement

४ असार, नवलपरासी ।दृष्टिविहीन भएपनि पढाइमा उत्कृट अंक ल्याउन सकिन्छ भन्ने प्रेरणाका स्रोत बनेका छन् नवलपरासीका सौगात वाग्ले । देवचुली-३, केउरानी घर भएका वाग्ले दृष्टिबिहीन भएपनि भर्खरै प्रकाशित भएको एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याएर गतिलो उदाहारण प्रस्तुत गरेका छन् ।
वाग्लेले दृष्टिविहीन समूहमा सर्वोत्कृष्ट ग्रेड ल्याएको परिवारले दावी गरेको छ । पोखराको अम्मर सिंह चोकमा रहेको अम्मरसिंह नमूना उच्च माविबाट एसएलसी परीक्षा दिएका वाग्लेले एसएलसीमा ३ दशमलव ८ जीपीए अर्थात ए प्लस ग्रेड ल्याएका छन् । उनले पाँच वटा विषयमा ए प्लस, दुई विषयमा ए र एउटा विषयमा बी प्लस नतिजा ल्याएका छन् ।
उनले अंग्रेजीमा ए प्लस (४ जीपीए), नेपालीमा ए (३.६ जीपीए), अनिवार्य गणितमा ए (३.६ जीपीए), विज्ञानमा ए प्लस (४ जीपीए), सामाजिकमा बी प्लस (३.२ जीपीए), हेल्थ, पपुलेशन र ए प्लस (४ जीपीए), वातावरणमा ए प्लस (४ जीपीए), कार्यालय व्यवस्थापन तथा लेखामा ए प्लस (४ जीपीए) ल्याएका छन् ।
२०६४ सालमा पढ्न सुरु गरेको उनले एक बर्ष ब्रेन लिपी पढेर सोझै कक्षा ३ मा भर्ना भएका थिए । उनले अब व्यवस्थापन विषय लिएर काठमाडौंमा गएर पढ्ने र पछि कानुन व्यवसायी बन्ने चाहाना रहेको बताए ।
उनका आमा सरस्वती अर्याल वाग्लेले आफ्ना ३ सन्तानमध्ये छोरीको मात्रा आँखामा समस्या नभएको र दुई छोरा दुवैमा समस्या भएको बताए ।स्रोत:अनलाइनखबर


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.