-->
मनपरी गर्ने अनलाइन जुनसुकै बेला पनि बन्द हुनसक्ने
Advertisement

पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरनेशल फेडरेशन अफ जर्नालिस्ट (आइएफजे) ले नयाँ निर्देशिकामार्फत् नेपाल सरकारले अनलाइन मिडियामाथि अंकुश लगाएर प्रेस स्वतन्त्रता कुन्ठित गर्न खोजेको भन्दै चासो देखाएको छ ।
आइएफजेले उक्त निर्देशिका तत्काल फिर्ता गर्नसमेत माग गरेको छ । सरकारद्वारा तिनदिन अघि ल्याइएको उक्त निर्देशिकामा मनपरी गर्ने अनलाइनलाई सूचना विभागले जुनसुकै बेला बन्द गर्ने सम्मको प्रावधान राखिएको छ । ‘सरकारले आफूअनुकुल समाचार अनलाइन बन्द गर्नसक्ने भन्ने प्रावधान प्रेस स्वतन्त्रता र अनलाइनको स्वतन्त्रसँग सम्बन्धितस्थापित मान्यता विपरीत छ’ आइएफजेले भनेको छ । आइएफजेले अनलाइन सरोकारवालाहरुसँग छलफल गर्न समेत सरकारलाई भनेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.