रंगशालामा झडप, क्रोएसियाका समर्थकले गरे आफ्नै खेलाडीमाथि आक्रमण
असार ४ – क्रोएसिया र चेक रिपब्लिक बिचको खेलको क्रममा रंगशालमा झडप भएको छ । खेलको अन्तिम समयतिर क्रौएसियाका समर्थकले मैदानमा आगो सल्किएका बस्तु फाल्नुका साथै आफूआफू नै लडेका हुन् । क्रोएसियाले २–१ अग्रता लिएको अवस्थमा रंगशालको एक कुनाबाट क्रोएसियाका समर्थकले आगो सल्किएका बस्तु मैदानमा फालेका हुन् । याे खेल २-२ को बराबरीमा सकियाे ।क्रोएसियाका समर्थकले खेलको अन्त्यतिर सान्टी चिएनामा रहेको रंगशालामा तोडफोड सुरु गरेका थिए ।
उनीहरुले १५ वटा आगो सल्किएका बस्तु मैदानमा फालेका थिए । क्रोएसियाका खेलाडीले आफ्ना समर्थकलाई शान्त हुन आग्रह गरेपनि उनीहरुले खेलाडीमाथि नै आगोको लप्का र बोतलसहितका बस्तु प्रहार गरेका थिए । समर्थकहरु आफूआफूपनि लडेका थिए । यसका कारण खेल पाँच मिनेट रोकिएको थियो । क्रोएसियाका स्ट्राइकर मारियो मान्जुकी समर्थकले प्रहार गरेको आगोको लप्काले लाग्नबाट अलिकतिले मात्रै जोगिएका थिए । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले आफ्नो अनुशासन कमिटिले यस विषयमा छानबिन गर्ने जनाएको छ । क्रोएसिया यसमा दोषी पाइएमा प्रतियोगिताबाटै बाहिरिने खतरा छ । टर्कीसँगको पहिलो खेलमा पनि क्रोएसियाका समर्थकले हुलदंगा गरेका थिए । त्यो खेलमा क्रोएसियाका समर्थक मैदानमा पुगेका थिए भने आगो सल्किएको बस्तु पनि मैदानमा फालेका थिए । क्रोएसियाका प्रशिक्षक एन्टी कासिसले मैदानमा आगो सल्किएको बस्तु फाल्ने समर्थक खेल आतंककारी भएको बताएका छन् । यस्तो हिंसात्मक गतिविधि गर्ने क्रोएसियाको समर्थक हुन नसक्ने र उनीहरु गुण्डा रहेको प्रशिक्षक कासिसले बताए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...