काठमाडौं, ४ असार । नक्कली चिकित्सकविरुद्ध अपरेसन चलाएको प्रहरीले तराईका जिल्लाबाट एकैदिन दुई दर्जनभन्दा धेरै चिकित्सक पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले तराईका पर्सा, मोरङ, चितवन, झापालगायतका जिल्लामा अपरेसन चलाएर दुई दर्जनभन्दा बढी नक्कली चिकित्सक पक्राउ गरेको हो ।
विराटनगरका नाम चलेका अस्पतालमा कार्यरत चिकित्सकहरू नै नक्कली भएको रहस्य खुलेको छ । शुक्रबार विराटनगरका तीनजना चर्चित चिकित्सक पक्राउ परेपछि यो रहस्य खुलेको हो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...