-->
हिन्दु धर्मको अपमान गरेको विरोधमा भारत प्रशासित जम्मू–कश्मीरमा साम्प्रदायिक हिंसा भड्कियो,स्थानीय प्रशासनद्धारा शहरको केहि क्षेत्रमा कफ्र्यू घोषणा
Advertisement

भारत प्रशासित जम्मू–कश्मीरमा मुस्लिम समुदायका दुई यूवकले हिन्दु धर्मको अपमान गरेको विषयलाई लिएर साम्प्रदायीक हिंसा बढ्ने देखिएको छ । त्यहाँको स्थानिय प्रशासनले शहरको केहि क्षेत्रमा कफ्र्यू घोषणा गरेको छ भने ईन्टरनेट सेवा समेत बन्द गरिएको छ ।
प्रत्यक्षदर्शीका अनुसार मंगलबार रुपनगर क्षेत्रमा अवस्थित शिव मन्दिरमा दुई यूवकले तोडफोड गरेको विषयलाई लिएर हिंसा भड्किएको हो । एक प्रहरी अधिकारीले पनि मन्दिरका पूजारीमाथि हातपात गरेको स्थानियको आरोप छ । त्यसको विरोधमा प्रदर्शनकारीहरुले प्रहरी कार्यालयमा समेत तोडफोड गरेका छन् ।
उनीहरुले केहि सवारी साधनमा तोडफोड गर्नुका साथै केहि विद्यालयमा समेत क्षति पु¥याइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । कट्टर हिन्दुवादी संगठन श्रीराम सेनाले बुधबार जम्मूमा हड्ताल गरेको हो


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.