-->
भत्ता दिँदैमा राज्यको ढुकुटी रित्तिँदैन : प्रधानमन्त्री
Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउँदैमा राज्यको ढुकुटी नरित्तिने बताउनुभएकाे छ ।
बुधबार काठमाडौंको बसन्तपुरमा भएको जेष्ठ नागरिकमाथि हुने दुव्र्यवहार विरुद्ध जनचेतना कार्यक्रममा उहाँले धेरै अनुसन्धान र सल्लाह गरेर सामाजिक सुरक्षा भत्ता अन्तर्गतको वृद्ध भत्ता बढाइएको बताउनुभयो ।
विश्व ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्धको दिवसको अवसरमा भएको कार्यक्रममा उहाँले वृद्धवृद्धालाई हेला गर्नु भनेको आफै हेलामा पर्नु भएकाले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।
संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्षको जुन १५ तारिखमा विश्वभर ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्धको दिवस मनाउने गरिन्छ । ज्येष्ठ नागरिकलाई गाली, घृणा, वेवास्ता र उपेक्षा गर्नेजस्ता कार्य अपराध भएको भन्दै उनीहरुलाई माया र ममता दिनुपर्नेमा जोड दिइएको छ ।
दिवसको अवसरमा मनमोहन अधिकारी स्मृति प्रतिष्ठानले जेष्ठ नागरिक राष्ट्रकवि माधवप्रसाद घिमिरे, संस्कृतिविद सत्यमोहन जोशी, ज्ञानमणी नेपाल, काठमाडौंका प्रथम जननिर्वाचित मेयर जनकमान श्रेष्ठ र १ सय वर्ष भन्दा बढी उमेर भएकी जगत माया गुरुङ सेनीलाई सम्मान गरिएको छ ।
तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको २०५१ सालमा गठित एमालेको नौ महिने सरकारले ज्येष्ठ नागरिकको सम्मानमा मासिक वृद्ध भत्ता दिने व्यवस्था गरेको थियो । वर्तमान सरकारले अहिले भत्ता बढाएर २ हजार रुपैयाँ पुर्याएको छ । कार्यक्रममा राष्ट्रकवि माधव घिमिरेले वृद्धको सम्मान गनुपर्छ भन्ने सँस्कृति विकास हुनुपर्ने बताउनुभयो ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.