मिडिया एनपी , काठमाडौं, २ असार । कलाकार नाजिर हुसेनले नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहसँग पर्दामा जोडी बनेर स्क्रिन शेयर गर्ने रहर सुनाएका थिए । मिडिया एनपीको विशेष कुराकानीका क्रममा उनले व्यक्त गरेको यो रहर अब पुरा हुने पक्का भएको छ । नायिका झरना थापाको पहिलो निर्देशनमा बन्न लागेको चलचित्र ‘ए मेरो हजुर २’बाट उनको उक्त रहर पुरा हुने भएको हो । उक्र फिल्मका लागि केहि समय अघिनै नाजिर आवद्ध भैसकेका थिए भने साम्राज्ञीराज्यलाई फिल्मका लागि आज फाईनल गरिएको हो ।
सो चलचित्रका लागि नायिकाको खोजीमा रहेकी झरनाले साम्राज्ञीलाई नायिका बनाउने भएपछि उनीसँग आजै मात्र संझौता गरिएको यस चलचित्रका निर्माता सुनिल कुमार थापाले बताएका छन् । साउन २० गतेबाट छायांकनमा जाने यो फिल्ममा नाजिर र साम्राज्ञीसँगै वुद्धी तामाङपनि फाईनल भएका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...