-->
८२.१२ प्रतिशतले ११ कक्षा पढ्न पाउने
Advertisement

काठमाडौं–एसएलसी परीक्षामा सहभागीमध्ये चार लाख ८२ हजार ९ सय ९८ विद्यार्थीले कक्षा ११ अध्ययन गर्न पाउने भएका छन् ।
एक लाख ५ हजार एक सय ५४ जनाले समग्र स्तरीकृत अंक न्यूनतम १.६ ल्याउन नसकेकाले अयोग्य भएका छन् । एसएलसीमा नियमित र एक्जाम्टेड गरी पाँच लाख ८८ हजार एक सय ५२ विद्यार्थी सहभागी भएका थिए । परीक्षा दिएकामध्ये ८२.१२ प्रतिशतले माथिल्लो कक्षा चढ्न पाएका छन् ।
एसएलसी सुरु भएयताकै धेरै विद्यार्थीलाई कक्षा चढाइएको यो पहिलो पटक हो । अयोग्यमा परेका १७.८८ प्रतिशत विद्यार्थीहरुले पनि प्राविधिक शिक्षा अन्तर्गतको व्यावसायिक शिक्षा अध्ययन गर्न सक्नेछन् ।- कान्तिपुर दैनिक news24nepaltv


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.