-->
अम्बाको पात खानाले हुने ५ फाइदाहरु
Advertisement

डिसीनेपाल डटकम – दिनहुँ हामीले स्वास्थ्यमा ध्यान दिनको लागि विभिन्न घरेलु जडिबुटीहरुको बारेमा जानकारी दिँदै आएका छौँ । हाम्रै घर तथा वरपर पाईने कतिपय यस्तो चिजहरु जसको प्रयोग र फाइदाको बारेमा हामी अन्जान रहेका हुन्छौँ र सानो समस्यामा पनि केमिकल युक्त बजारमा पाईने औषधी सेवन गर्ने गर्छौँ ।
अम्बा तपाइ हामी सबैलाई थाहा छ । हामी अम्बा निकै स्वाद लिएर खाने गर्छौँ तर त्यहि अम्बाको पात सेवन गर्नु पनि निकै फाईदा हुन्छ भन्ने हामी मध्ये कतिलाई थाहा नभएको हुनसक्छ । अम्बाको पात एन्टीअक्सिडेन्ट, एन्टीब्याक्टेरियल जस्ता गुुणले भरिएको हुन्छ । छाला, कपाल र स्वास्थ्यको लागि अम्बाको पातको प्रयोग निकै लाभदायक हुन्छ ।
– अम्बाको पातको रस निकाले खानाले शरीरको वजन कम हुन्छ ।
– मधुमेहका रोगीले अम्बाको पात सेवन गर्नु निकै लाभदायक हुन्छ ।
– उच्च रक्तचाप भएका व्यक्तिले पनि अम्बाको पात खाँदा रक्तचाप कम हुन्छ ।
– पखाला रोक्नको लागि अम्बाको पात उपयुक्त हुन्छ ।
– पाचन तन्त्रको तन्दुरुस्त राख्नको लागि अम्बाको पात खानु उचित हुन्छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.