-->
सरकारले खोल्यो जागिर, दरखास्त दिने म्याद तीस दिन
Advertisement

काठमाडौं, १३ असार । नेपाल सरकार अन्तर्गतको नेपाल पारवाहन तथा गोदाम व्यवस्थापन लिमिटेडमा जागिर खुलेको छ ।
लिमिटेडले सोमबार सार्वजनिक सूचना जारी गर्दै १० प्रशासकीय अधिकृत र ८ लेखा अधिकृतसहित विभिन्न तहका ७० पदमा दरखास्त आह्वान गरेको हो ।
सूचनामा १२–१२ जना प्रशासन तथा लेखा बरिष्ठ सहायक, ४ जना कम्प्युटर अधिकृत, ४ जना कम्प्युटर सहायक तथा २० वटा प्रशासन सह–सहायक मागिएको छ ।
योग्य व्यक्तिले अबको ३० दिनभित्र दरखास्त दिन सूचनामार्फत आह्वान गरिएको छ ।
हेर्नुस् सूचनाः
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.