सुरक्षित
राधा ढुंगाना 0
प्रतिक्रिया
वीरबहादुरको व्यापारः एउटै खुकुरीबाट ८५ हजार कमाइ
युवतीलाई भारत लैजान खोज्ने बिचौलिया पक्राउ
सोलु कोरिडोरमा भारतको चासो
सौराहामा पर्यटक आकर्षित गर्न दोश्रो पटक ‘रोपाई विशेष’
चिर्पट प्रहार गरी आमाको हत्या
ताप्लेजुङमा आइपिएम प्रविधिबाट तरकारी खेती
प्रहरी जवानबाट बृद्धामाथि बलात्कार प्रयास
१३ असार, सोलुखुम्बु । बलात्कारको असफल प्रयासपछि सोलुखुम्बुमा एक प्रहरीले धारिलो हतियार प्रहार गरी ६१ वर्षीया वृद्धालाई घाइते बनाएका छन् ।
वाकु-२ हाँकुला की ६१ वर्षीया बृद्धालाई सदरमुकाम सल्लेरी नजिकै प्रहरी जवान सोम फुयाँलले करणीको प्रयास गरेको र नसकेपछि आक्रमण गरी घाइते बनाएको पीडित पक्षको भनाइ छ ।
ति वृद्धाको निधार र हातमा गहिरो चोट छ । उनको फाप्लु अस्पतालमा उपचार भइरहेको छ ।
फाप्लुबाट सुर्के जाने बाटोको बीचमा आफूलाई प्रहरी जवान फुयाँलले जबरजस्ती करणीको प्रयास गरेको र आफूले प्रतिकार खुर्पाले प्रतिकार गर्न खोज्दा त्यहि खुर्पा खोसेर आक्रमण गरेको घाइते बृद्धाले बताइन् ।
प्रहरी जवान फुयाँललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।
onlinekhabar


0 comments
प्रतिक्रिया दिनुहोस्...