-->
काठमाडौँ-नुवाकोट सुरुङ मार्ग बनाउने प्रमको घोषणा, अब आधा घन्टामै पुगिने
Advertisement

भक्तपुर, ९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज भक्तपुरको सूर्यविनायकमा निर्माण हुन लागेको राष्ट्रिय प्राणी उद्यानको शिलान्यास गर्नुभएको छ ।
वन तथा भू-संरक्षण मन्त्रालयले आयोजना गरेको शिलान्यास कार्यक्रममा उहाँले सरकारले अहिले नयाँ प्रयोग र सोचका साथ विकास निर्माण कार्यलाई अगाडि बढाएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकारले काठमाडौँबाट नुवाकोटको विदुर नगरपालिका जाने छोटो दूरीको सुरुङ मार्ग निर्माण गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो- “काठमाडौँबाट विदुर नगरपालिका पुग्न दुई घन्टा लाग्थ्यो, अब आधाघन्टामा सहजै पुग्न सकिने गरी सरकारले सुरुङ मार्ग बनाउँदै छ । लगानी धेरै भए पनि इन्धन र समय बचतका दृष्टिले यो लाभदायी र दीर्घकालीन हुन्छ ।”
सरकारले काठमाडौँबाट नुवाकोटको विदुर नगरपालिका जाने छोटो दूरीको सुरुङ मार्ग निर्माण गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो – “काठमाडौँबाट विदुर नगरपालिका पुग्न दुई घन्टा लाग्थ्यो, अब आधाघन्टामा सहजै पुग्न सकिने गरी सरकारले सुरुङ मार्ग बनाउँदै छ । लगानी धेरै भए पनि इन्धन र समय बचतका दृष्टिले यो लाभदायी र दीर्घकालीन हुन्छ ।”
सुरुङ मार्ग निर्माणको यो पहिलो पाइला भएको बताउँदै उहाँले अब यस्ता विकास र समृद्धिका हजारौँ पाइला अगाडि बढाउने उल्लेख गर्नुभयो ।
नेपाल विविधतायुक्त जैविक र वनस्पतीय हिसाबले जीवनमय देश भएको बताउँदै प्रधानमन्त्री ओलीले सहरीकरण, आधुनिकीकरण, बस्ती विकास र मानवीय आवश्यकताको विस्तारले अहिले तिनको अस्तित्वमाथि खतरा उत्पन्न भएको धारणा राख्नुभयो ।
उहाँले मानवीय क्रियाकलापले वातावरणीय सन्तुलनमा गम्भीर असर परेको भन्दै चिन्ता पनि व्यक्त गर्नुभयो ।
भक्तपुर यसअघि नै खुल्ला सङ्ग्रहालयका रुपमा रहेको उल्लेख गर्दै उहाँले राष्ट्रिय प्राणी उद्यानको निर्माणसँगै यसले भक्तपुरलाई वनस्पति र जैविकताको जीवित वासस्थानका अर्को सङ्ग्रहालयका रुपमा समेत चिनाउने विश्वास व्यक्त गर्नुभयो ।
प्राणी उद्यान निर्माणका लागि आफ्नो अभ्यास गर्ने ठाउँ अन्यत्र सारेर सहयोग गरेकामा उहाँले नेपाली सेनाको प्रशंसा पनि गर्नुभयो ।
कार्यक्रममा वन तथा भूसंरक्षण मन्त्री अग्निप्रसाद सापकोटाले निर्माण सुरु भएको प्राणी उद्यान बहुआयामिक महत्वको भएको बताउँदै यसलाई सङ्कटमा परेका जीवजन्तुको संरक्षणमा नमुना उद्यानका रुपमा विकास गर्नुपर्ने सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो – “यो चिडियाखाना होइन, जीवन्त र सजिव सङ्ग्रहालय हो, यो जैविक विविधताले भरिन्छ, यसलाई अध्ययन, अनुसन्धान र खोज केन्द्रका रुपमा विकास गर्छौैं ।”
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष तथा सांसद नारायणमान बिजुक्छेले प्राणी उद्यान निर्माण गर्दा स्थानीय जनताको भावना र समस्यालाई सम्बोधन गर्नतर्फ सरकारले ध्यान पुग्नुपर्ने औँल्याउनुभयो ।
उद्यान निर्माण गर्दा उत्पन्न हुने स्थानीयवासीको बाटोघाटो, खानेपानी र सीमाङ्कनको समस्या स्थानीय जनताको हक अधिकारमा कटौती नहुने गरी समाधान गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा वन तथा भूसंरक्षण मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरले स्थानीय सात सामुदायिक वनको २४५ वर्ग किमी क्षेत्रभित्र बनाइने प्राणी उद्यानमा दुर्लभ र लोपोन्मुख वन्यजन्तुको संरक्षण गरिने बताउनुभयो ।
कार्यक्रममा सात सामुदायिक वनका तर्फबाट सेतीदेवी सामुदायिक वनका सचिव विश्वराम थापाले प्राणी उद्यानमा स्थानीयलाई रोजगारी दिनुपर्ने, स्थानीयवासीको हक, अधिकार कटौती गर्न नहुने, सूर्य विनायक मन्दिर, स्थानीय खानेपानीको मुहान र सडकसमेत उद्यान क्षेत्रभित्रै परेकाले यसलाई स्थानीयवासीले उपयोग गर्न बाधा पु¥याउन नहुने माग गर्नुभयो । सूर्यविनायक मन्दिर क्षेत्रलाई उद्यानबाट अलग गरी धार्मिक वनका रुपमा स्थानीयवासीलाई हस्तान्तरण गर्नुपर्ने उहाँको अर्को माग थियो । रासस
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.