-->
आफगानिस्तानमा मारिएका १३ नेपालीका परिवारलाई एनआरएनले एक –एक लाख सहयोग गर्ने
Advertisement

काठमाडौं । आतंकवादी अक्रमणमा परि अफगानिस्तानमा मारिएका १२ नेपालीका परिवारलाई गैरआवासीय नेपाली संघ (एनआरएन) ले एक–एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ । एनआरएनको अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गत परोपकार तथा मानवीय साहयता समितिबाट उक्त रकम सहयोग गर्न लागिएको हो ।
एनआरएनए उपाध्यक्ष कुमार पन्तले वैदेशिक रोजगारीका लागि अफगानिस्तान पुगेका १३ नेपाली तालिबानको आक्रमणमा मारिएको घटनाले संघ अत्यन्तै दुःखी भएको बताए ।
कमाउन गएका हाम्रा दाजुभाईहरुको शव बाकसमा फर्किएको छ । यस्तो दुखद घडीमा मृतकका परिवारलाई थोरै भए पनि राहत होस् भन्दै प्रारम्भिक रुपमा कम्तिमा एक एक लाख सहयोग गर्न निर्णय गरिएको हो’, उनले भने ।
यसअघि संघका अध्यक्ष शेष घलेले घटना लगत्तै शोक वक्तव्य जारी गर्दै आतंककारी हमलामा वैदेशिक रोजगारीमा रहेका नेपालीले ज्यान गुमाउँदा संसारभर रहेका गैरआवासीय नेपालीहरु स्तब्ध र मर्माहत भएको बताएका थिए ।
सोमबार बिहान अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम आक्रमणमा परी १३ नेपाली सहित १५ जनाको मृत्यु भएको थियो ।khabardabali


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.