डिसीनेपाल डटकम – लामो कपाल युवतीहरुको लागि सुन्दरताको प्रतिकको रुपमा मानिन्छ । तर पनि लामो कपाल चाहेर मात्र हुँदैन । यदि तपाई कपाल नबढेर दिक्क हुनु भएको छ वा कपाल सुख्खाभएर दिक्क हुनभएको छ भने नआत्तिनुहोस् । आज हामी कपाल लामो बनाउने यस्तो चिज जुन घर घरमा सजिलै उपलब्ध हुन्छ त्यसको बारेमा बताउन गईरहेका छौँ ।
हरेकको घरमा दैनिक प्रयोग हुने प्याज कपालको लागि पनि उत्तिकै उपयोगी छ भन्दा अचम्म लाग्न सक्ला । तर प्याजको रसले कपालको जरा मजबुद बनाउँछ भने चम्किलो पनि । जसलाई तपाई कपालको हरेक भागमा लगाउन सक्नुहुनेछ ।
– प्याजको रस लगाएर कपाललाई करिब एक घण्टा खुलै छोड्नुहोस्.। जब कपाल राम्रोसँग सुक्छ तब हल्का मनतातो पानीले धुनुहोस् । कपाल धुँदा प्याजको गन्ध हटाउन स्याम्पुको प्रयोग पनि गर्नसक्नुहुनेछ ।
– प्याजको नियमित प्रयोगले कपालको तीव्र बृद्धि गराउँछ । कपालमा नियमित रुपमा प्यासको रस लगाउने गर्नाले कपला सम्बन्धी धेरै समस्याको समाधान हुन्छ । तर कुनै पनि कुराको सही प्रयोग गर्नसक्नु पर्छ ।
– प्याजको रसलाई नरिवलको तेलसँग मिलाएर कपालको मासिल गर्नु उचित हुन्छ । हल्का मन तातो नरिवलको तेलमा प्याजको रस मिलाएर मालिस गर्ने गर्नाले लामो, बाक्लो र चम्किलो कपाल पाउनुहुनेछ ।
– त्यस्तै जैतुनको तेलमा प्याजको रस मिसाएर नियमित लगाउने गर्नाले पनि कपाल लामो हुन्छ ।
– यदि तपाई प्याजको रस अन्य कुनै पनि तेलसँग नमिलाएर पनि प्रयोग गर्न सक्नुहुन्छ । प्याजको रस निकालेर कपालको मासिल गर्नुहोस् र सुकेपछि राम्रोसँग पखाल्नुहोस् । यसो गर्नाले तपाईको कपाल लामो, बाक्लो र चम्किलो हुन्छ


0 comments
प्रतिक्रिया दिनुहोस्...