
Advertisement
|
काठमाडौं । भारतीय भूमिमा बिना अनुमति चिनियाँ सैनिक छिरेको बताइएको छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार पाँच दिन अघि अरुणाञ्चल प्रदेशमा दुई सय ५० जना चिनियाँ सैनिक छिरेका हुन् ।
चार समूहमा रहेका ती चिनियाँ सैनिक तीन घण्टा सम्म सीमा क्षेत्रमा रहेका र भारतीय सैनिकले विरोध जनाएपछि उनीहरु आफ्नै मुलुक फर्केको भारतीय रक्षा स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।पूर्वाेत्तरमा चिनियाँ सैनिक भारतीय सीमाको अतिक्रमण गरेको यो वर्ष उक्त पहिलो घटना भएको जनाइएको छ ।
यसैगरी भारतले आफ्नो देशमा बसेका १० जना चिनियाँ नागरिकलाई देश छोड्न निर्देशन दिएको छ । अडानी समूहको एक कम्पनिमा काम गर्ने १० जना चिनियाँ नागरिकलाई यही जुन १७ तारिख भित्र भारत छोड्न उडिसा सरकारले निर्देशन दिएको बीबीसीले जनाएको छ ।
साथै उनीहरु मध्य दुई जना वेपत्ता रहेका र केही सुराक पाउन नसकिएको भारतले जनाएको छ । उनीहरुको वर्किङ नभएर व्यवसायिक भिसा रहेकाले देश जोड्न निर्देशन दिइएको बताइएको छ ।
केन्द्र सरकारको निर्देशन अनुसार चिनियाँ नागरिकलाई भारत छोड्न निर्देशन दिइएको बताइएको छ । भद्रकबाट १५ किलोमिटर टाढा ‘व्हीलर आइल्याण्ड’ अर्थात एपीजे अब्दुल कलाम टापुमा संवेदनशील सुरक्षा प्रतिष्ठान रहेको छ । यही टापुबाट भारतले आकाश, अग्नि, धनुष, तथा पृथ्वीजस्ता विभिन्न मिसायल प्रक्षेपण गरेको थियो । मिडिया एनपीबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...