काठमाडौं, १३ असार । युवा संघ नेपालले डा गोविन्द केसीको भनाईप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जारी गरेको विज्ञप्तिमा ध्यानाकर्षण जनाएको छ ।
अध्यक्ष राजिव पहारीले सोमबार एक विज्ञप्ति जारी गरी अख्तियारले जारी गरेको विज्ञप्ति गलत भएको भन्दै तुरुन्त सच्याउन र संवैधानिक सीमाभित्र रही संविधान र कानुनको सम्मान गर्न माग गरेको छ ।
मेडिकल माफियाकरण विरुद्ध संघर्ष गरिरहेका डा केसीले आइतबार दिउँसो शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी चिकित्सा क्षेत्रमा अख्तियारले अनावश्यक हस्तक्षेप गरिरहेको भन्दै प्रमुख आयुक्त लोकमानसिह कार्कीविरुद्ध महाअभियोग लगाउन सरकारसँग माग गरेका थिए । माग पूरा नभए दुई हप्तापछि अनशन बस्ने घोषणा पनि गरेका थिए ।
त्यसको चार घण्टापछि अख्तियारले विज्ञप्ति जारी गर्दै डा केसीलाई कडा जवाफ फर्काएको थियो । उसले गोविन्द केसीलाई मानसिक रोगी भन्दै तुरुन्त उपचार गर्न सरकालाई निर्देश गरेको थियो ।
अख्तियारको यस्तो विज्ञप्तिपछि युवा संघले संवैधानिक सीमा र मर्यादा ननाघ्न चेतावनी दिएको हो ।
‘अख्तियारको सदुपयोग र दुरुपयोगको नियमन गर्ने, सचेत गर्ने गराउने र सरकार तथा सरोकारवाला निकायलाई पारदर्शी र जनपक्षीय बनाउने अधिकार पाएको निकाय र त्यसका प्रमुखबाट संविधान र कानुनले दिँदै नदिएको अधिकारको प्रयोग गर्ने, आफ्नो र आफूसम्बद्ध निकायको कसैले थोरै आलोचना गर्यो भने विज्ञप्ति जारी नै गरेर एउटा निश्चित सीमा र मर्यादाको थोरै पनि प्रवाह नगरी आफ्नो आलोचना गर्ने मान्छेलाई मानसिक रोगी भनि करार गर्ने काम सभ्य र लोकतान्त्रिक समाजमा सुहाउने कुरा होइन,’ युवा संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ– ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग र तहाँका अमुक मानिसहरुले मानिसहरुको स्वास्थ्य अवस्था बताउने हो भने अस्पतालको आवश्यकता पर्दैन । तसर्थ अख्तियारका नाममा आएको विज्ञप्ति गलत छ । तुरुन्त सच्याउनुपर्छ ।’
यस्तो छ युवा संघको विज्ञप्तिः (जस्ताको तस्तै)
अख्तीयार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ताको नामवाट २०७३ असार १२ गते प्रकाशित विज्ञप्ती प्रति हाम्रो गम्भिर ध्यान आकृष्ट भएको छ ।
युवा संघ नेपाल सवै खाले अतिवादका विरुद्ध लडदै लोकतन्त्र , विधिको शासन र कानुनको सर्वोच्तताका लागि स्थापना कालदेनि नै आफुनो झण्डा दर्विलो संग उढाउदै आएको संगठन हो । यस संगठनले भष्टचार ,ढिलासुस्ती र अपादरदर्शिताका विरुद्ध आफुनो अडान र अभियान प्रति दुनियाले गरेको प्रसंसा सवैमा अवगत नै छ ।
हामी राज्यका सवै निकाय र अगहरु संवैधानिक मर्यादामा रहुन भन्ने चाहान्छौ तर महत्वपुर्ण निकाय र त्यसको नेतृत्व गर्न व्यक्तिहरुवाट त्यसो नभएको देख्दा हामाीलाई अन्यत्तै गम्भीर र संवेदनशील वनाएकोछ । त्यसो भन्दै गर्दा स्वस्थ्य क्षेत्रलाई नै वन्दक वनाउन खोज्ने डा. के.सीको तरिका प्रति हाम्रो सहमती र समर्थन होइन । कोही भ्रष्टचारी भए कानुन अनुसार कारर्वाही गराउने उहाँलाई पुरै वाटो खुल्ला छ र यस अभियानमा आमजनताको साथ पनि रहनेछ । डा.गोविन्द के.सी जस्तो सामाजिक रुपमा मर्यादित व्यक्तिले जताभावी वोल्ने र आरोप लगाउने कुरा गलग छ ।तर हाम्रो ध्यान आकृष्ट भएको विषय के हो भने हरेक नेपाली नागरिकको देशका कुनै पनि अंग र निकायलाई नियमन गर्ने र आलोचना गर्ने अधिकार सुरक्षित रहन्छ । कसैको पनि निरंकुशता र स्वच्छचारिता लोकतन्त्रमा वान्छनीय हुदैन । अख्तीयारको सदुपयोग र दुरुपयोगको नियमन गर्ने,सचेत गर्ने गराउने र सरकार तथा सरोकारवाला निकायलाई पारदर्शि र जनपक्षिय वनाउने अधिकार पाएको निकाय र त्यसका प्रमुखवाट संविधान र कानुनले दिदै नदिएको अधिकारको प्रयोग गर्ने, आफुनो र आफु सम्वद्ध निकायको कसैले थौर आलोचना गर्यो भने विज्ञप्ती जारी नै गरेर एउटा निश्चित सीमा र मर्यादाको थोरै पनि प्रवाह नगरी आफ्नो आलोचना गर्ने मान्छेलाई मानसिक रोगी भनि करार गर्ने काम सभ्य र लोकतान्त्रिक समाजमा सुहाउने कुरा होइन । अखतीयार दुरुपयोग अनुशासन आयोग र तहाँका अमुक मानिसहरुले मानिसहरुको स्वास्थ्य अवस्था वताउने हो भने अस्पतालको आवश्यकता पदैन । तसर्थ अखतीयारका नाममा आएको विज्ञप्ती गलत छ ।
त्यसैले यो कुरा सच्याउन र संवैधानिक सीमा भीत्र रही संविधान र कानुनको सम्मान गर्न अख्तीयार दुरुपयोग अनुशन्धान आयोग लगायत सम्पुर्ण संवैधानिक निकायलाई युवा संघ नेपाल जोडदार अपिल गर्दछ साथै सरकार र व्यवस्थापीका संसदलाइ समेत ति निकायहरुलाइ आवश्यक लगाम लगाउनका लागि जोडदार माग गर्दछ ।
राजिव पहारी
अध्यक्ष
युवा संघ नेपाल
dainiknepal


0 comments
प्रतिक्रिया दिनुहोस्...