दमौली, १३ असार । पोखरादेखि वीरगन्जतर्फ जाँदै गरेको ना५क ६४२७ नम्बरको यात्रुवाहक बस घाँसीकुवा–१ बेलवासमा पल्टिदा १६ जना यात्रु घाइते भएका छन् ।
आज बिहान भएको घटनाका घाइतेलाई डुम्रेमा रहेको लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको छ ।
प्रहरीका अनुसार तीव्र गतिमा गुडेको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको छ ।
बसका चालक प्रहरीको नियन्त्रणमा आइसकेकोले अनुसन्धान भइरहेको बताइएको छ ।
दैनिक नेपालबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...