असार १५ गते-
स्मार्टफोनको प्रतिस्पर्धात्मक बजारसँगै बजारमा निकै सस्ता स्मार्टफोनहरु उपलब्ध हुन थालेका छन् । पछिल्लो समय भारतको एक मोबाइल कम्पनीले भने पत्याउनै नसकिने मूल्यमा स्मार्टफोन ल्याउन लागेको छ ।
एडकम ब्रान्डको ‘फ्रिडम २५१’ एन्ड्रोइड फोनलाई रिंगिङ बेल्स कम्पनीले निकै सस्तो मूल्यमा बजारमा ल्याउन लागेको हो । यो स्मार्टफोनको मूल्य भारतीय २ सय ५१ रुपैयाँ अर्थात् करिब ४ सय नेपाली रुपैयाँम मात्रै पर्नेछ ।
यो मोवाइलबाट सेल्फी खिच्न सकिन्छ भने ४ इन्चको वाइड स्क्रिन, १ जिबीको र्याम, ८ जिबी इन्टरनल मेमोरी रहेको छ । यसलाई ३२ जिबीसम्मको मेमोरी कार्ड हालेर चलाउन सकिन्छ ।
कालो र सेतो रङ्गमा बजारमा आउन लागेको यो स्मार्टफोनको ब्याट्री निकै टिक्ने कम्पनीको दावी छ । यो स्मार्टफोनको अन्तिम शुक्ष्म परीक्षण चलिरहेको र आउँदो ७ जुलाइसम्म सकिने रिंगिङ बेल्सका संस्थापक एवं प्रमुख कार्यकारी मोहित गोयलले जानकारी दिए ।
यो फोनको अनलाइन बुकिङ गर्ने ग्राहक भारतमा मात्रै ७० करोड पुगिसकेका कम्पनीले जनाएको छ ।
– एजेन्सी
प्रतिकृया दिनुहोस्
Nepal reports


0 comments
प्रतिक्रिया दिनुहोस्...