-->
पोहोर साल हरि पराजुलीले महिलामाथि अश्लील हर्कत गरेका थिए, यसपालिका हरिबोललाई के भयो ? यस कारण कृषिमन्त्री गजुरेल खेतमा गएनन् ?
Advertisement

काठमाडौं, १५ असार । आज असार १५ अर्थात धान दिवस । सदाको बर्षमा जस्तै यसबर्ष पनि कृषिमन्त्री कृषकको खेतमा गएर पक्कैपनी धान दिवस मनाउनेछन् भन्ने सबैमा थियो । तर बुधबार त्यस्तो देखिएन ।
बुधबार, राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रम खुमलटारमा आयोजना गरिएको थियो । कार्यक्रमको शुभारम्भमा कृषिमन्त्रीले गमलामा धान रोपे । धान दिवसका अवसरमा खेतमा गएर रोपाईं गर्ने विगतको परम्परालाई लत्याउँदै उनले गमलामा रोपाईं गरेका हुन् । मन्त्रालयका एक कर्मचारीले करुवाबाट पानी हालेर उनलाई सघाएका थिए ।
कृषिमन्त्री हरिबोल गजुरेलले गमलामा रोपाईं गरेर धान दिवस मनाइरहँदा यसलाई भने सामाजिक संजालमा गजुरेल खेतमा जान डराएको भनि चर्चा गरिएको छ । उता कृषि मन्त्री गजुरेलले भने एकदिन खेतमा गएर केही नहुने गमलामा धान रोप्दै बताएका थिए । यसैबीच कृषि मन्त्रालयले मन्त्रीले गमलामा रोपेको धान फलाएरै छाड्ने जनाएको छ । तर, गजुरेल विवादमा फस्ने डरले विगतको परम्परालाई लत्याएर गमलामा धान रोपेको कतिपयको तर्क छ ।
गतबर्ष, कृषिमन्त्री हरिप्रसाद पराजुलीले धान रोपाईंका क्रममा मूलपानीमा महिलामाथि अश्लील हर्कत गरेपछि उनी विवादमा मात्र फसेनन् पदबाट राजीनामा सम्म दिनुपरेको थियो ।
tajaheadline


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.