अभिनेत्री कटरीना कैफ यतिबेला ठूूलो बजेटको फिल्मको पर्खाइमा छिन् । उनी सकेसम्म सलमान खानसँग काम गर्न चाहन्छीन् । सलमानसँग ब्रेकअप भएपछि उनको करियर पनि डुब्दै गएको छ । केहि दिन अघि देखी बलिउड सिने उद्योगमा कटरीना र सलमान कबरि खानको फिल्ममा एक साथ देखिने हल्ला फैलिएको थियो । तर त्यो हल्ला हल्लामै सिमित भएको छ । कबिर खानले सलमानसँग फिल्म गर्न लागेको कुरा त पुष्टी गरेका छन् तर फिल्ममा हुने अभिनेत्रीको बारेमा जानकारी दिएका छैनन् ।
रणवीर कपुरसँग ब्रेकअप भएपछि कटरीनालाई एक झट्का फिल्म फितूरले दिएको थियो । फितूर फ्लप भएपछि उनी डिप्रेशनमा गएका खबरहरु पनि आएका थिए । कटरीनाले फितूरको लागि लामो समय दिएकी थिईन् । तर दर्शकले फिल्मको कथा मन पराएनन् र फिल्मले राम्रो ब्यापार गर्न सकेन । हाल दुईओटा फिल्म सकाएर बसेकी उनको हातमा एक पनि फिल्म छैन ।
बिगत केहि समय देखी कटरीनलाई ठूलो बजेटका फिल्महरुको अफर आएको छैन । फितूरको प्रमोशनका क्रममा उनले दिपिका र प्रियंका हलिउड गएपछि बलिउडका ठूला फिल्महरु आफूलाई मिल्ने कुरा पनि बताएकी थिईन् । तर हालसम्म उनलाई कसैलै पनि ठूलो बजेटका फिल्मको अफर दिएका छैनन् ।
कटरीनालाई आज पनि सलमानको आश छ । उनी सलमानको परिवारसँग अझैपनि नजिक छन् । सलमान उनलाई अप्ठ्यारो परेको बेलामा सहयोग पनि गर्छन् । सलमानकी बहिनी अलवीरा र कटरीनाको गहिरो मित्रता पनि कायमै छ । यहि कारण कटरीना सलमानसँग फिल्म गर्न पाउने आशमा बसेको बताईन्छ । सलमानसँग फिल्ममा काम गर्ने मौका पाएपछि आफ्नो करियर फेरि माथि उठ्ने आश कटरीनाको छ । त्यस्तै सलमानकी म्यानजेर रेशमा सेट्टीले कटरीनासँग पनि काम गरिरहेकी छिन् । कटरीनाले उनीमार्फत पनि सलमानलाई, फिल्मका लागि दबाब दिएको बताईएको छ ।
सलमानसँग हुँदा कटरीनाले धेरैजसो फिल्महरु सलमानको सिफारिशमा गर्ने गरेकी थिईन् । तर कबिर खान भने मित्रताको आधारमा फिल्मका लागि कलाकारहरु छनोट गर्दैनन् । त्यस कारण कबिर खानको फिल्ममा कटरीना हुने सम्भावना कम देखिन्छ । कबिर खानले फिल्म एक था टाईगरमा सलमान र कटरीनालाई लिएका थिए ।
कटरीना कबिर खानको फिल्ममा नभएपनि सलमानका ज्वाँई अतुल अग्नीहोत्रीको होम प्रोडक्शनमा बन्ने नयाँ फिल्ममा भने हुनेछिन् । यसले उनको करियरलाई सहयोग गर्ला या नगर्ला त्यो भने आजै भन्न सकिन्न ।


0 comments
प्रतिक्रिया दिनुहोस्...