काठमाडौं, १ असार । नेपालमा चीनले लगानी बढाउन थालेपछि दलालहरु सल्बलाएका छन् ।
हुँदाहुँदा उत्तरी छिमेकी मुलुक चीनले काठमाडौंमा मेट्रो ट्रेनसहित सुर्खेतमा सेनाको मध्ये एअरबेस खोल्ने, भू-उपग्रहसहित मधेसका जिल्लामा ४/५ वटा ठूला परियोजना सञ्चालनमा ल्याउनेलगायत झन्डै दुई दर्जन स्वप्न परियोजना सुरु गर्ने कुराको सुइँको पाएपछि अहिले काठमाडौंमा दक्षिणी सल्बलाहट देखिने गरी बढेको छ ।
लाजिम्पाटस्थित होटल र्याडिसन र बौद्धको हायात रिजेन्सीमा दक्षिणका पहुलनाको भीड छ । यहि मेसोमा नेपालस्थित अमेरिकी राजदूत एनाई बी टेप्लिज आइतबार आठ सदस्यीय टीमसहित हिमालपारिको जिल्ला मुस्ताङ छिरेकी छन् ।
आज असार १ देखि २५ दिनका लागि उपल्लो मुस्ताङमा चिनियाँ व्यापार मेला सुरु हुँदैछ ।
अमेरिकी राजदूतका लागि नेपालको अति विकट क्षेत्र, त्यसमाथि चिनियाँ सुरक्षा अधिकारीको निर्वाध आउ जाउ चल्ने ठाउँमा भ्रमण हुने सामान्य भन्दा फरक रुपमा हेरिएको छ ।
जनआस्था साप्ताहिकमा खबर छ ।
dainiknepal


0 comments
प्रतिक्रिया दिनुहोस्...