-->
समूह बिजेता बन्दै अर्जेन्टिना क्वार्टरफाइनलमा
Advertisement

काठमाडौं : कोपा अमेरिका अन्तरगत आज बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३-० ले पराजित गरेको छ।
बोलिभियामाथि सहज जित निकालेको अर्जेन्टिना समूह 'डी' का तीनै खेल जितेर समूह बिजेता बन्दै नौ अंकका साथ अमेरिकामा जारी कोपा अमेरिकाको क्वार्टरफाइनलमा पुग्न सफल भएको हो।
अर्जेन्टिनाको सहज जितका क्रममा खेलको १३ औं मिनेटमा पाएको फ्री किकलाई एरिक लमेलाले जाली चुमाएका थिए । उनले डी बक्सभन्दा बाहिर करिब २५ यार्ड टाढाबाट हानेको बल बोलिभियाको पर्खाल चिर्दै जाली चुम्न पुगेको थियो।
कप्तान लियोनेल मेसीलाई पहिलो हाफ बेन्चमा राखेको अर्जेन्टिनाले पहिलो गोल गरेको दुई मिनेटमै अर्को गोल थप्यो।उसका लागि पिएसजीका स्ट्राइकर लाभेजीले १५ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए।
त्यसपछि खेलको ३२ औं मिनेटमा लाभेजीले पोस्टतर्फ हानेको बललाई भिक्टोर क्युएस्टाले जालीतर्फ छिराउन सफल भए। दोस्रो हाफको शुरुवातमै गोन्जालो हिग्वाइनको स्थानमा छिरेका कप्तान लियोनेल मेसीले भने स्कोर गर्न सकेनन्।
समूह चरणको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन चिलीलाई २-१ ले हराएको अर्जेन्टिनाले दोस्रो खेलमा पनामालाई ५-० गोल अन्तरले पराजित गर्न सफल भएको थियो।
आजै भएको यही समूहको खेलमा चिलीले पनामालाई ४-२ ले पराजित गर्दै समूहमा दोस्रो स्थान पक्का गरी कोपा अमेरिकाको क्वार्टफाइनलमा पुग्न सफल भएको थियो।



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.