
Advertisement
|
८ आषाढ, काठमाडौं—सदबहार सुन्दरी नायिका करिष्मा मानन्धरले विद्धानहरु राजनीतिमा आएको भए उहिल्यै देश बनिसक्ने बताएकी छिन् । उनले विद्धानहरु राजनीतिमा आएको भए करिष्माजस्ता अल्पज्ञानीहरु देश बनाउँछु भनेर अघि सर्ने अवस्था नआउने जिकिर गरेकी छिन् ।
नयाँ शक्ति नेपालकी केन्द्रीय परिषद सदस्य रहेकी नायिका मानन्धरको नयाँ शक्ति घोषणा सभामा उद्घोषण गर्न नजानेपछि चर्को आलोचना भएको थियो । सामाजिक सञ्जाल, पत्रपत्रिका र अनलाइनमा चर्को आलोचना खेपिरहेकी करिष्माले बुधबार फेसबुकमा लामै स्टाटस लेखेर अालोचकमाथि खनिएकी हुन् ।
'पर्खी रहनुहोस लामा लामा आर्टिकल लेख्दैं गर्नोस । गाली गलौजले सामाजिक सञ्जालमा भित्ता रंग्याउँदैं गर्नोस । कुनै दिन जनताको मन र मत जितेर यो देशको विकासमा ठूलो योगदान दिनेछ,’ उनले लेखेकी छिन्, ‘त्यो दिन धेरै टाढा छैन र त्यो दिन के भनेर उडाउने के भनेर आलोचना गर्ने तयारी आजैबाट सुरु गर्नुहोला ।’
उनले ट्रिपट डिग्रीको स्वाद समाजले चाख्न नपाएको भन्दैं कडा कटाक्ष समेत गरेकी छिन् ।
‘मेरो जीवनकालमा धेरै डिग्री भएका मानिस भेटेको छु, त्यस्तो मानिसको न देशमा कमी छ न विदेशमा कसै—कसैसँग त ट्रिपल डिग्री पनि छ तर माफ गर्नुहोला त्यसको फाइदाको स्वाद समाजले चाख्न पाएन,’ करिष्माले लेखेकी छिन् ।
उनले आफूसँग डिग्री नभएपनि देशको फिक्री भएको बताएकी छिन् । करिष्माले भनेकी छिन्, ‘मसँग तपाईहरुसँग भएको डिग्री त छैन तर तपाईहरुसँग म सित भएजस्तो देशको फिक्री छैन ।’
उनले आफूलाई केही लेख्न मन लाग्यो भन्दैं लेखेको लामो स्टाटसमा आफ्नो पृष्ठभूमी राजनीति नभएकाले नयाँ शक्ति घोषणासभामा आफूबाट कमजोरी भएको स्वीकार गरेकी छिन् । उनले फेसबुक, ट्वीटरमा भएको चर्को आलोचनातर्फ इङगित गर्दै त्यस्तो मान्छेहरुलाई डुबेको देशलाई उतार्ने भन्दा पनि पत्रपत्रिकामा मात्र ज्ञानको भण्डार ओकल्ने र फेसबुक टुवीटरमा पण्डित्याइ गर्ने गरेको बताएकी छिन् ।
‘विद्धानहरु लामा—लामा लेख लेखेर आफ्नो विज्ञता दर्शाउँछन्, । यहाँ हरेक क्षेत्रका कुना—कुनामा हिसाब किताब राखेर बसेका छन् ।
उनीहरुलाई देश कसरी डुबेको भन्ने पन िथाहा छ अनि देशलाई कसरी उतार्ने भन्ने पनि थाहा छ,’ करिष्मा भन्छिन्, ‘तर, ती विद्धानहरु गर्छ के भने त्यसैगरी पत्रपत्रिकामा आफ्ना ज्ञानका भण्डार ओकल्छन् र फेसबुक ट्वीटरमा पण्डित्याइ गर्नछ अनि देश उस्ताको उस्तै ।’-नेपालीपत्र डटकम


0 comments
प्रतिक्रिया दिनुहोस्...