-->
परीक्षाफल प्रकाशित
Advertisement

काठमाडौँ, त्रिवि, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ असोज तथा मङ्सिर÷पुस महिनामा सञ्चालित व्यवस्थापन सङ्कायतर्फ चारवर्षीय स्नातक तह (बिबिएस) प्रथम वर्ष २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।
त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० अनुसार परीक्षाको मर्यादा विपरीत काम गर्ने परीक्षा क्रमाङ्क, ७०१५०४०८, ७०१९०२५९, ७०३९०२८०, ७२६२००४३, ७२७८०२७७, ७३९६००९५, ७७५४००७३ र ७०८४६०००९ का परीक्षार्थीलाई २०७३ सालसम्म दुई वर्षका लागि त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गरिएको कार्यालयले जनाएको छ ।
उक्त परीक्षाको परीक्षाफल वेबसाइट www.educationsansar.com, www.educationkhabar.com, www.edusanjal.com, www.tu.ntc.net.np मा हेर्न सकिने छ । रासस


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.