-->
बालकलाई चोर्न लाउने दुईतले घरका यी मालिक
Advertisement

चोरी गरेका सामान घरमा स्टोर
जेठ ३२|
काठमाडौंः काठमाडौंमै दुईतले घर भएका एक व्यक्तिलाई झट्ट हेर्दा जो कसैले चोरीको गिरोहका नाइके भनेर पत्याउन गाह्रो पर्छ ।
तर, तिनै व्यक्तिले साना बालकहरुलाई प्रयोग गरेर श्रृंखलावद्ध चोरीमा संलग्न भएको थाहा पाउनुभयो भने आश्चर्य नमाने हुन्छ ।
यस्तै एउटा अनौठो र अपत्यारिलो चोरीको घटनामा काठमाडौंकै एक घरधनी पनि संलग्न भएको पाइएको छ ।
सोमबार राति काठमाडौंको तिलगंगामा मार्बल कटर चोरी भएको सूचना महानगरीय प्रहरी वृत्त गौशालामा पुगेपछि श्रृंखलावद्ध चोरीको घटना बाहिर आएको हो ।
काठमाडौं महानगरपालिका–९ तिलगंगास्थित अस्तुल देउलाको दुईतले घर नै चोरीको सामानको स्टोरका रुपमा प्रयोग भएको मंगलबार पत्ता लागेको हो ।
स्थानीय राजु थापा मगरको घरबाट सोमबार राति मार्बल कटर हराएको सूचना आएपछि सोमबार बिहान गौशला बृत्तको प्रहरी घटनास्थलमा आइपुगेको थियो ।
मोटर र मार्बल कटर चोर्न घरभित्र छिरेका दुई बालकलाई घरधनी थापाले पक्रेर राखेपछि यो श्रृंखलावद्ध चोरीमा काठमाडौंकै घरधनी संलग्न भएको पत्ता लागेको हो ।
नियन्त्रणमा लिइएका दुई बालकलाई सोधखोज गर्ने क्रममा प्रहरी चोरीमा संलग्न घरधनी र स्टोरसम्म पुग्न सफल भएको हो ।
बालकहरुको बयानपछि चोरेर स्टोर गरेको अवस्थामा देउलाको घरबाट प्रहरीले १० ओटा पानी तान्ने मेशिन, फलाम काट्ने मेशिन एउटा, बोट्लर पम्प एउटा, ड्रील मेशिन तीनवटा, ग्रेन्डर मेशिन दुईवटा, मार्वल कटर दुईवटा र तोसिवा कम्पनीको ल्यापटप एउटा बरामद गर्न सफल भएको छ ।
सामान चोरी भएको घरधनी राजु थापा मगरले सोमबार बिहान तीन बजेको समयमा आफ्नो घरबाट आफ्नो घरबाट मोटरसहितका सामान चोरी भइसकेपछि खोजी गर्ने क्रममा बालकहरुलाई नियन्त्रणमा लिएको बताए ।
महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी नवराज कार्कीले चोरीको सूचना आएपछि नियन्त्रणमा रहेका बालकहरुको बयानको आधारमा चोरीमा संलग्न मूख्य नाइकेसम्म आइपुगेको बताए ।
उनले चोरीमा संलग्न दुई बालक र चोरीका सामान लिएर राख्ने घरधनी अबु देउलालाई पनि हिरासतमा राखेर अनुसन्धान भइरहको जानकारी दिए ।अन्नपूर्ण पोस्ट्बाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.