-->
युरोकपः रोनाल्डो र पोर्चुगलमाथि ज्योतिषले गरे पत्याउनै नसकिने भविष्यवाणी
Advertisement

काठमाडौं, ११ असार । फ्रान्समा जारी युरोकप फुटबलमा आज (शनिबार)बाट नकआउट चरणका खेल हुँदैछन् । १६ राष्ट्रबीच आजदेखि सुरु हुन लागेको प्रिक्वाटरफाइनलअन्तर्गत आज तीनवटा खेल हुँदैछन् ।
जसमा पहिलो खेलमा नेपाली समय अनुसार साँझ ६ बजेर ४५ मिनेटमा स्वीटजरल्याण्ड र पोल्याडबीच हुँदैछ ।
त्यसैगरी दोस्रो खेल बेलायतका दुई टोली वेल्स र उत्तरी आयरल्याण्डबीच राति ९ बजेर ४५ मिनेटमा हुँदैछ ।
आजको तेस्रो खेल राति १२ बजेर ४५ मिनेटमा पोर्चुगल र क्रोयसियाबीच हुँदैछ । अरु टिमबारे त्यति धेरै चर्चा नभएपनि आज राति हुने अन्तिम खेल खेल्ने टिम पोर्चुगल जताततै चर्चा भइरहेको छ ।
कारण हो पोर्चुगलमा विश्वकै स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो छन् । उनको प्रदर्शन र पोर्चुगलको जितबारे अनेकौ टिका टिप्पणीहरु भइरहेका छन् ।
यसअघि समूह चरणका तीनवटै खेलमा बराबरी खेलेर पनि समूहमा तेस्रो हुँदै गोल अन्तरका आधारमा दोस्रो चरणमा प्रवेश गर्न सफल पोर्चुगलको आजको खेल निर्णायक हुनेछ भने रोनाल्डोको प्रदर्शन क्षमता पनि हेरिनेछ । किनकि क्रोयसिया पनि बोलियो टिम हो उसले बलिया टिमलाई समेत टक्कर दिँदै आएको छ ।
ज्योतिषले गरे पत्याउन गाह्रो भविष्यवाणी
पोर्लुगल र क्रोयसियाबीच हुन लागेको खेलको पूर्वसन्ध्यामा नेपाली ज्योतिषले पत्याउनै गाह्रो पर्ने भविष्यावाणी गरेका छन् ।
चर्चित युवा ज्योतिष डा. सुनील सिटौलाले आजको खेलमा पोर्चुगल हार्ने भविष्यवाणी गरेका हुन् । उनले भनेका छन्- ‘दिउँसो १ बजेर १० मिनेटको सासकिय ग्रह गणित अनुसार पोर्चुगलले हार्ने देखिन्छ । आजको युरोकप खेलमा ।’
ज्योतिष सिटौलाले यसअघि युरोकपको समूह चरणका खेलमा गरेका अधिकांश भविष्यवाणी मिलेका थिए ।
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.