-->
थाहाँ पाउनुहोस्, कहाँ जाँदा कस्तो मेकअप ?
Advertisement

कहाँ जानका लागि भन्ने विषयले कस्तो मेकअप गर्ने भन्ने निर्धारण गर्छ। घरमा बस्दा गर्ने मेकअप र अफिस जाँदा गर्ने मेकअप फरक हुनैपर्छ। अफिसका लागि र पार्टीका लागि पनि एउटै मेकअप सुट गर्दैन । फोटोसुट गर्दा बेग्लै मेकअप आवश्यक पर्छ । कहाँ जाँदा कस्तो मेकअप गर्ने ? जानिराखौँ :
डे मेकअप
बिहान या दिउँसोलाई मिक्स मेकअप गर्नुपर्ने हुन्छ । यस समयमा मेकअप गर्दा बेस फाउन्डेसन या पेनस्टिकले रेडी गरिन्छ भने सबै स्किन कलरका आइटम प्रयोग गरिन्छ । यस्तो वेला टल्कने सामान प्रयोग गरेर मेकअप गर्नु राम्रो हुँदैन ।
अफिस मेकअप
अफिस मेकअप गर्दा आफ्नो स्ट्यान्डर्डमा विचार पुर्याउनुपर्छ । यो मेकअपमा पनि सिम्पल मेकअप नै प्रयोग गरिन्छ । हेराइमा हल्का स्मार्ट देखिने तरिकाले मेकअप गर्नुपर्छ । एयरहोस्टेस या होटेलमा काम गर्ने व्यक्तिले आँखा र ओठको मेकअपमा विशेष ध्यान दिनुपर्छ । अन्य व्यक्तिलाई आइलाइनर प्रयोग नगरी ब्लसरको प्रयोग गर्दा नदेखिने गरी छाला कलर प्रयोग गर्नुपर्छ । एयरहोस्टेस वा होटेलमा काम गर्नेले बढी मेकअप र साधारण हेयर स्टाइल पनि दिनुपर्छ । यस्तो मेकअपमा गहनाको प्रयोग गर्नुहुँदैन ।
बेलुकाको मेकअप
साँझ वा रातको समयमा गरिने मेकअपमा सुरुमा क्लिन्जिङ गरेर अनुहार सफा गर्नुपर्छ । यसपछि टोनर या एस्ट्रिडेन्ट लगाउनुपर्छ । रातको समय हुँदा मोस्चराइज क्रिम राम्रोसँग फैलाएर फाउन्डेसन र कम्प्याक्ट पाउडर अलि बढी प्रयोग गर्नुपर्छ । यसैगरी आइस्याडो र हाइलाइटको प्रयोग गर्दा साइनिङ आउने गरी कलर प्रयोग गर्नुपर्छ । आइस्याडो प्रयोग गर्दा कपडासँग मेल खाने किसिमको अलि गाढा खालको कलर प्रयोग गर्दा उत्तम हुन्छ । लिपस्टिक डार्क कलर प्रयोग गर्नुपर्छ । बेलुकाको मेकअपमा गहना लगाउने हो भने पहेँलोभन्दा सेतो रङको राम्रोसँग खुल्छ । यो मेकअप गर्दा लाइटको मुनि बसेर गर्नु उपयोगी हुन्छ ।
हाउसवाइफ मेकअप
यो मेकअप विशेषगरी विवाहिता महिलाका लागि गरिन्छ । यो डे मेकअपमा आधारित हुन्छ । डार्क र रातो कलरलाई यो मेकअपमा प्राथमिकता दिनुपर्छ । यसको मुख्य आधार टीकालाई मानिन्छ ।
स्क्रिन मेकअप
यो मेकअपलाई फिल्म मेकअप पनि भनिन्छ। यसमा पेनस्टिक र प्यानकेकले बेस तयार गरिन्छ । यो मेकअपलाई स्टम्प मेकअप पनि भनिन्छ। यो मेकअपले हेराइमा धेरै भ्रम पार्नसक्छ । वाटरप्रुफ बेसलाई बढी प्राथमिकता दिइन्छ । कलर प्रयोग गर्दा कथावस्तु हेरेर गरिन्छ।
फोटो मेकअप
यो मेकअप फोटो सेसनका लागि तयार गरिन्छ । बेसमा प्यानकेक सेसन तयार गरिन्छ । कलर प्रयोग गर्दा कस्तो खालको फोटो सेसन गर्ने हो, त्यहीअनुसार छान्नुपर्छ । यस मेकअपमा आइब्रोको सेप केही लामो बनाउनुपर्छ। साभार : नयाँ पत्रिका


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.