तेह्रथुम, असार ११ – नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष पुण्यप्रसाद ढकालले कोष तथा लेखा नियन्त्रण कार्यालय तेह्रथुमको भवन निर्माणका लागि डेढ रोपनी जग्गा प्रदान गर्नुभएको छ ।
बुवा नरराज ढकालको स्मृतिमा ढकालसहित उहाँकी आमा मायादेवी ढकाल, दाजु हरिहरप्रसाद ढकाल भाउजु दुर्गादेवी ढकाल र आफूले निशुल्क जग्गा प्रदान गर्नुभएकोे हो ।
म्याङ्गलुङ्ग नगरपालिकाको वडा नम्बर २ मा पर्ने जग्गाको मूल्य झण्डै ४० लाख रुपैयाँ पर्छ । बुवाको वार्षिकीको अवसर पारेर नेपाली कांग्रेसका जिल्ला सभापति गोविन्द ढुंगाना एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारी, जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख समेतको उपस्थितीमा जग्गा प्रदान गरिएको हो ।
आवश्यक प्रक्रिया पूरा गरेर भवन निर्माणको काम थाल्ने कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख मनोज सुनुवारले जानकारी दिनुभयो ।-उज्यालो अनलाइन


0 comments
प्रतिक्रिया दिनुहोस्...