-->
प्रहरीले भन्यो, ‘मनिषाका प्रेमीलाई दबाबमा दोषी ठहर गरेका होइनौं’
Advertisement

९ आषाढ, नवलपरासी—राष्ट्रिय फुटबल खेलाडी विमल घर्तिमगरकी बहिनी मनिषाको हत्या उनका प्रेमी आशिष भन्ने रुद्रनारायण चौधरीले गरेको भन्दैं ठहर कुनै दबाबमा नआएर गरेको प्रहरीले जनाएको छ ।

राष्ट्रिय फुटबल खेलाडी विमल घर्तिमगरकी बहिनी मनिषाको हत्या उनका प्रेमी आशिष भन्ने रुद्रनारायण चौधरीले नै गरेको निष्कर्ष प्रहरीले निकालेको छ । तथापि, यस घटनालाई कतिपयले प्रहरी दबाबमा आएर आशिषलाई दोषी ठह¥याएको आशंका पनि ब्यक्त गरेका छन् ।

विमल चर्चित राष्ट्रिय फुटबल खेलाडी भएकै कारणले उनकी बहिनीको केसमा प्रहरी दबाबमा आएको भन्ने भनाइ बाहिर आइरहेका छन् । मनिषाको घटनामा पनि कतिपयले आशिष विरुद्ध नगए प्रहरीलाई विरोधको सामना गर्नुपर्ने देखिएपछि प्रहरीले आशिषलाई हत्यारा बनाउन लागि परेको तर्क गर्न थालिएको छ ।

आशिषलाई आजीवन कैदको माग गर्दै सरकारी वकिलको कार्यलय नवलपरासीले सोमबार मात्रै जिल्ला अदालत परासीमा मुद्धा दर्ता गरेको छ । घटना घटेको एक हप्तापछि जेठ १९ गतेका दिन प्रहरीले अभियुक्त आशिषको पोलिग्राफ रिपोर्ट सार्वजनिक गर्दै आशिषले बोलेको कुरा र प्रहरीसँगको बयानमा भनेको कुरा मेल खान गएको जानकारी गराएको थियो ।

पोलिग्राफ रिपोर्टका आधारमा पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार प्रहरीकै भनाइका आधारमा हत्या आशिषले नगरेको भन्ने तर्क बाहिर आइरहँदा प्रहरीले एकाएक फेरि अनुसन्धानका क्रममा हत्या आशिषले नै गरेको भन्ने प्रशस्त प्रमाण फेला पारेको जनाउँदैं मुद्धा दायर गरेपछि यस घटनालाई कतिपयले प्रहरी दबाबमा आएको भनेर आँकलन गर्न थालेका छन् ।नेपालीपत्र डटकमबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.