-->
यी घरेलु उपचार अपनाउनुहोस् कब्जियतबाट सधैँका लागि छुटकारा पाउनुहोस्
Advertisement

कब्जियतका बारेमा हामीले प्रायः खुलेर कुरा गर्दैनौं । तर, यो समस्या जो कसैलाई भइरहेको हुन्छ । कम पानी पिउने, असन्तुलित खाना खाना खाने, कसरत नगर्ने र खराब जीवनशैली भएका मानिसलाई कब्जियतको सम्भावना धेरै हुन्छ । धेरै कब्जियतका रोगीमा पेट फुल्ने, खाना नपच्ने, दिसा गर्न गाह्रो हुने र पटकपटक शौचालय गइरहनुपर्ने जस्ता लक्षण देखिन्छ ।
कब्जियत जुनसुकै उमेरका मानिसलाई पनि हुन सक्छ । तर, महिला तथा वृद्धहरूमा यो समस्या बढी पाइएको छ । कब्जियत हु“दा घरेलु, आयुर्वेदिक वा एलोपेथिक औषधिको प्रयोग गर्न सकिन्छ । सामान्य लागे पनि यो रोगको समयमै उपचार गरिएन भने पायल्स वा दीर्घकालीन असर हुन सक्छ । त्यसकारण, छिटोभन्दा छिटो यो रोगको उपचार गर्नुपर्छ । कब्जियत हटाउन घरेलु उपचार विधि बढी प्रभावकारी मानिएको छ । कब्जियत निको पार्ने घरेलु औषधि–उपचारबारे विज्ञहरूसँग कुराकानी गरी मदन लामिछानेले तयार पारेको सामग्री यहा“ प्रस्तुत गरिएको छ :
तातो पानी र कागती
कागतीमा पाइने साइट्रिक एसिडले पेटमा जम्मा भएको फोहोर निकाल्न सहयोग गर्छ । एक कप तातोपानीमा एउटा कागती निचोरेर केही दिन नियमित खाने गर्दा कब्जियत निको भएको पाइएको छ ।
जैतुनको तेल
जैतुनको तेलले पाचन पक्रिया क्रियाशील बनाउँछ । यसको सेवनले पेट सफा राख्न सघाउँछ । बिहान खाली पेटमा एक चम्चा जैतुनको तेल खानाले कब्जियतका रोगीलाई फाइदा पुग्छ । यसमा कागतीको रस मिसाएर पनि खान सकिन्छ ।
पाकेको अम्बा तथा मेवा
पाकेको अम्बा तथा मेवा यी दुवै फल कब्जियतका राम्रो मानिएको छ । यी फल दिनको कुनै पनि समयमा खान सकिन्छ । यी फलमा पर्याप्त रेशा हुने भएकाले कब्जियत हटाउन सहयोग पुर्याउँछ । साथै, यसले शरीरलाई शक्ति पनि प्रदान गर्छ ।
फाइबर भएका खानेकुरा
गेडागुडी, बोक्रा हुने अन्न, फूलगोभी, आलु, बन्दागोभी, ब्रोकाउली, टमाटर, गाजर, साग, प्याजलगायत खानेकुरा कब्जियतका लागि उत्तम मानिन्छ । रेशायुक्त खानेकुरा सजिलै पच्नुका साथै कब्जियतको समस्या हटाउन पनि सहयोगी हुन्छ । कब्जियत निको पार्न लाभदायक अन्य फलफूहरूमा केरा, मेवा, खरभुजा, आँप, स्याउ, मौसमलगायत पर्छन् ।
बेकिङ सोडा
बेकिङ सोडा पिउनाले कब्जियत ९५ प्रतिशतसम्म ठीक हुन्छ । त्यसका लागि कपको एक चौथाइ पानीमा एक चम्चा सोडा राखेर बिहान उठेपछि पिउन सकिन्छ । यो क्रम केही दिनसम्म गर्नाले कब्जियतका रोगीलाई आराम मिल्छ ।
दही
दही सबैजसोलाई मन पर्ने दुग्ध परिकार हो । कब्जियतको समस्या हटाउन पेटमा राम्रा ब्याक्टेरिया हुनु पनि आवश्यक हुन्छ । सादा दहीबाट पर्याप्त मात्रामा प्रोबायोटिक ब्याक्टेरिया पाइन्छ । त्यसैले, दिनमा १÷२ कप दही पिउनु कब्जियत समस्यामा लाभदायी हुन्छ । यसलाई खानासँग खानु राम्रो हुन्छ ।
खजुर र दूध
यदि तपाईंलाई कब्जियत भएका छ भने हल्ला तातो दूधमा ३ तीनओटा खजुर राखेर पिउनुहोस् । यसलाई लगातार १ हप्ता पिउनुभयो भने निकै आराम महसूस गर्नुहुनेछ ।
दूध र घिउ
कब्जियत निको पार्न दूध र घिउको मिश्रण सेवन गर्नु पनि दाभदायी मानिएको छ । त्यसका लागि एक गिलास दुधमा १/२ चम्चा घिउ मिसाउनुहोस् । राति सुत्ने बेला यो मात्रा पिउने गर्नाले कब्जियत निको हुँदै जान्छ ।
फर्सीको बीउ
फर्सीको बीउलाई सानो आगोमा हल्का भुटेर त्यसलाई धूलो बनाउनुहोस् । एक गिलास पानीमा उक्त पाउडर २० ग्राम राखेर ३ घण्टासम्म गल्न दिनुहोस् । त्यसलाई छानेर पिउनुहोस् । केही दिन यही मात्रा दोहोर्याउनाले कब्जियतको समस्याबाट छुटकारा मिल्छ ।
त्रिफला चुर्ण
आयुर्वेदिक उपचार विधिमा त्रिपला चूर्ण महत्वपूर्ण औषधि मानिन्छ । कब्जियत रोगीका लागि त यो औषधि वरदान नै सावित भएको छ । यो रोगको उपचारका लागि विज्ञहरूले सुझाउने मुख्य औषधि नै त्रिफला चुर्ण हो । यसलाई मह वा तातोपानीमा मिसाएर १ हप्तासम्म दिनको दुईपटक खानाले कब्जियत ठीक हुन्छ । अन्य समयमा पनि यसको सेवन गर्दा पेटसम्बन्धी समस्या कम हुन्छ ।
अञ्जिर
एक गिलास दूधमा ताजा अञ्जिर धूलो पारेर उमाल्नुहोस् । त्यसपछि यसलाई राति सुत्ने समयमा पिउनुहोस् । अञ्जिरमा एकदमै धेरै फाइबर हुन्छ, जसले गर्दा कब्जियत हटाउन लाभ पुग्छ ।
बन्दागोभीको जुस
दिनमा दुईपटक आधा/आधा गिलास बन्दागोभीको जुस पिउनाले कब्जियत भएकालाई फाइदा पुग्छ । बन्दागोभी सबैजसो मौसममा पाइन्छ । त्यसैले, यसको सेवन गर्न पनि सहज छ ।
पालुङ्गोको जुस
प्रत्येक दिन दुईपटक पालुङ्गोको जुस पिउनुहोस् । यसबाट तपाईंलाई निकै आराम मिल्नेछ । पालुङ्गोमा भिटामिन ए प्रशस्त मात्रामा पाइने हुनाले शरीर स्वस्थ राख्न पनि यसले सघाउ पुर्याउँछ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.