काठमाण्डु, ९ असार– चीनले भौगोलिक विकटतालाई मध्यनजर गर्दै ढुंगामा खोपेर बनाएको पुलहरु देख्दा विश्वकै ध्यान त्यसतर्फ केन्द्रीत हुन्थ्यो । उसले आफूसँग भएको विज्ञान, प्रविधिको भरपूर उपयोग गरी विभिन्न खाले हेर्दै मनमोहक लाग्ने पुलहरु निर्माण गर्ने गथ्र्यो । जसमध्ये क्यान्टिलिभर पुल (ढुंगामा खोपेर बनाइएको पुल) पनि एक हो ।
त्यही चीनको भौगोलिक विकटतालाई मध्यनजर गर्दै बनाइने पुल पहिलो पटक नेपालमा समेत बनाइएको छ । गोरखा जिल्लाको केरौँजा गाविस बगरमा विभिन्न दातृ निकायको सहयोगमा क्यान्टिलिभर पुल बनाइएको हो ।
चार करोड ५० लाख रुपैयाँमा निर्माण भएको सो पुल १९० मिटर लामो रहेको जिविस गोरखाका योजना अनुगमन तथा प्रशासकीय अधिकृत शतिसकुमार भट्टराईले काठमाण्डु टुडेलाई जानकारी दिए ।
उनका अनुसार बुढीगण्डकी नदीमा आएको भेलले मनास्नु पदमार्गअन्तर्गत केरौँजाको यारुबगरस्थित बूढीगण्डकी नदीमाथिको मुख्य पुल बगाउँदा सात गाविसका स्थानीयवासी र पर्यटकले पदमार्गको सो खण्ड भई आवागमन गर्न पाएका थिएनन्।
भूकम्पपछि अवरुद्ध रहँदै आएको मनास्लु पदमार्ग गत कात्तिक महिनामा यारुबगरमा काठको अस्थायी पुल बनाएपछि सञ्चालन गरे पनि गत पटकपटक आउने बाढी र पहिरोले पुल बगाएपछि दातृ निकायको सहयोगमा क्यान्टिलिभर पुल निर्माण गरिएको हो ।
पुल निर्माणका लागि डिपार्दमेन्ट फर इन्टरनेसनल डेभलपमेन्ट र सामर्थ नेपालको आर्थिक, एएफ–इटइकोको प्राविधिक सहयोग र जिविस तथा जिल्ला प्राविधिक कार्यालय गोरखाको प्रत्यक्ष निगरानि र अनुगमनमा पुल निर्माण भएको हो ।
सबै सामान हेलिकप्टरमार्फत लगेर निर्माण गरिएको पुल केही दिनमै हस्तान्तरण गर्ने तयारी भएको भट्टराईले काठमाण्डु टुडेलाई जानकारी दिए ।
पुल निर्माणपछि त्यहाँ पर्यटन भित्रन र सामान ओसारपसार गर्न सहज हुनेछ । तस्बिर साभारः अर्थतन्त्र डट कम
kathmandutoday


0 comments
प्रतिक्रिया दिनुहोस्...