आषाढ ०१, धरान । एनसेल टावरमा क्षति पुर्याउने एक माओवादी स्थानिय नेता सहित ५ जनालाई धरान प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । धरान–२७ पट्नाली स्थित एनसेल टावरमा आगजनी गरी फरार ने.क.पा.माओवादी विप्लव समुहका धरान नगर कमिटीका सेक्रेटरी सुरज राईलाई प्रहरीले पक्राउ गरि बुधबार सार्वजनिक गरेको हो ।
पक्राउ परेका राईलाई दुरसंचारमा हानी नोक्सानी क्षेती पु¥याएको मुद्दामा कारबाही सुरु गरिएको इलाका प्रहरी कार्यलय धरानका प्रमुख प्रहरी नायव उपरिक्षक ढकेन्द्र खतिवोडाले जानकारी दिनुभयो । साथै उहाले एनसेलको टावरहरुमा हुन सक्ने आक्रमणलाई मध्यनगर गरी धरान स्थित एनसेल टावरहरुमा समेत कडा सुरक्षा व्यवस्था मिलाईएको वताउनुभयो ।
त्यसैगरी धरान प्रहरीले मल्द्धारमा लुकाई छिपाई लागु ओैषध बिक्रि गर्न हिडिरहेका धरानका एक युवालाई पक्राउ गरेको छ । धरान ११ का अर्जुन भुजेललाई मल्द्धारमा लागु औषध लुकाइ राखेको अवस्थामा इलाका प्रहरी कार्यलय धरानले नियन्त्रणमा लिएको हो । राईलाई दिसा गर्न लगाई डाईजेलाव–१०एम्पुल, लुपिजैसिक–१० एम्पुल र एभिल–१० एम्पुल निकालिएको इलाका प्रहरी कार्यलय धरानका प्रहरी नायव
उपरिक्षक ढकालले वताउनुभयो ।
उहाले राईलाई धरान १० स्थित विजयपुर हस्पिटलवाट नियन्त्रणमा लिइएको र लागु औषध ऐन अन्तर्ग कारबाही चलाइएको जानकारी दिनुभयो । यता प्रहरीले ११ बर्षिया बालिकालाई जवर जस्ति करणी गरेको अभियोगमा धरान १३ का ६९ बर्षिय गोरे घले गुरुङलार्इ नियन्त्रणमा लिएको छ ।
उनले विद्यार्थीहरु पु¥याई सके पश्चात स्कुल भ्यानमा कोही नभएको मौका पारी जवरजस्ती करणी गरेको प्रहरीको दावी छ । त्यस्तै धरान–२ स्थित डेरा कोठामा मस्त निन्द्रामा रहेकी एक महिलालाई निदाएको मौका पारी कोठामा प्रवेश गरी जवरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा धरान .–२ का भरत पन्त क्षेत्री छन् । ६ महिना अघि हत्या गरी फरार रहेका धरान २१ धन बहादुर राईलाई नियन्त्रणमा लिएको छ । राईले स्थानिय सिक बहादुर राईको हत्या गरी लास भीरवाट फ्यालेर फरार भएका थिए ।पुर्बेलीन्युजबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...