-->
नेइमारले जिताउलान् ब्राजिललाई ?
Advertisement

असार १६ – बार्सिलोनाका स्ट्राइकर नेइमार रियो ओलम्पिकका लागि ब्राजिलको टिममा परेका छन् । नेइमार तीन जना २३ वर्षमाथिका खेलाडी राख्न पाउने व्यवस्था अन्तर्गत टिममा परेका हुन् ।
उनी कोपा अमेरिका फुटबलमा खेलेका थिएनन् । ओलम्पिकका लागि नेइमारलाई कोपा अमेरिकामा नखेलाएको ब्राजिला समूह चरणबाटै बाहिरिएको थियो । यस्तै टिममा परेका बढी उमेरका अरु खेलाडीमा बार्यन म्युनिखका डुग्लस कोस्टा तथा गोलरक्षक फर्नान्डो प्रास छन् ।
कोपा अमेरिकामा समूह चरणबाटै बाहिरिएपछि प्रशिक्षक डुंगा बर्खास्त भएकाले ओलम्पिकमा ब्राजिलियन टिमलाई २० वर्षमुनिको
टिमका प्रशिक्षक रोगेरियो मिकालेले सम्हालेका छन् । कोपा अमेरिकामा नेइमार आराममा रहँदा ब्राजिल समूह चरणबाटै बाहिरियो । अब आफ्नै देशमा हुने ओलम्पिकमा नेइमारले टिमलाई स्वर्ण पदक दिलाउन सक्ने नसक्ने त्यो भने हेर्न बाँकी छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.