-->
के तपाईलाई थाहा छ ? बेसारले यी ९ रोगबाट तपाईलाई बचाउँछ
Advertisement

बेसार भन्ने वित्तिकै हामी तरकारीमा प्रयोग गरिने मसलाको रुपमा मात्रै हामी बुझ्ने गर्दछौ ।

बेसारले खानको रंग राम्रो बनाउनुको साथै मिठो पनि बनाउँछ । तर यसको फाइदाको बारेमा हामी जो कोहीलाई पनि थाहा नहुन सक्छ । बेसारले मानब स्वास्थयमा धेरै प्रकारका फाइदाहरु पुर्याउने गर्दछ ।

बेसार एन्टी एजिङ , एन्टी ओक्सिडेन्ट र एन्टीइन्फेल्मेन्ट्री जस्ता विशेष तत्वहरु रहेको एक उपयोगी मसला हो । बेसार यसको सुनौलो रंग र स्वादिलोपनले गर्दा नेपाली परिकारहरुमा निकै उपायोग गरिँदै आइएको छ भने आयुर्वेदिक औषधीको रुपमा पनि प्रयोग हुँदै आइरहेको छ ।

त्यस्तै चीनियाँ चिकित्सकहरुले बेसारलाई क्यान्सर रोग विरुद्ध लड्ने क्षमताको विकास गर्न र दुखाई कम गर्न साथै विभिन्न स्वास्थ्य समस्याको उपचार गर्न बेसारको प्रयोग गर्दै अइरहेका छन् ।
बेसारमा फाइबर , क्याल्सियम , भिटामिन तथा खनिज जस्ता पौष्टिक तत्वहरु धेरै पाईन्छ ।

बेसारबाट स्वस्थ्यमा हुने फाइदाहरु के के हुन त ?
१. क्यान्सर रोकथामका लागि अति उपयोगी र रोग प्रतिरक्षा क्षमता बढाउन मद्धत गर्छ
बेसारले कोषहरु स्वस्थ राख्नुको साथै क्यन्सर बढाउने इन्जायमहरुलाई रोक्ने गर्दछ ।

२. अल्जाईमर रोगको रोकथाम गर्दछ
बेसारले मस्तिष्कलाई स्वास्थ राख्न मदत गर्दछ । मस्तिष्कमा अनावस्यक प्रोटिन जम्मा गर्ने तत्व अम्लोइडको विकासमा रोक लगाउँदछ र अल्जाइमर रोक रोक्न मद्धत गर्दछ ।

३.मधुमेह नियन्त्रण गर्छ
बेसारले मधुमेहमा सुधार ल्याउने काम गर्दछ । साथै रगतमा ग्लुकोजको मात्र बढ्न नदिने इन्ुसुलिनको काम गर्दछ । जसको कारणले कोषहरुमा ग्लुकोज प्रसारण हुन्छ । त्यस्तै यसले इन्सुलिन रेसिस्ट्यान्स हुनबाट रोक्दछ । बेसारले इन्सुलिन हर्मोनलाई प्रभावकारी बनाउने काम गर्छ । साथै यसले सामान्य खालको मधुमेह त निको नै पार्दछ ।

४.एक प्रकृतिक पिडा निवारक
बेसारले जोर्नी दुख्ने , गाँठाको समास्या निवारण गर्दछ । शरिर सुन्निने समस्याको लागि पनि यो अति उपयोगी औषधी मानिन्छ ।

५.घाउ तथा चोटपटक निको पार्दछ
बेसारको पेष्ट बनाएर साधारण काटेको घाउ, पोलेको वा घाउको दागमा लागाउँदा निको हुुुन्छ ।

६. पाचन शक्ति बढाउँछ
बेसारले पित्तसाय सुन्निने , आन्द्रा सुन्निने तथा ग्यास्टिकलाई कम गर्छ । यदि तपाई पित्तसयको रोगी हुनुहन्छ भने बेसारको सेवन नगर्नुहोला यसले तपाईका स्वास्थ्यलाई यसले झनै खराब गर्न सक्छ ।

७.कलेजो र रक्तसञ्चार प्रणालीमा सुधार गर्न
बेसार कलेजो सफा गर्न र रक्तसञ्चार प्रणालीमा सुधार ल्याउने एक अचुक औषधी हो ।

८.छाला स्वस्थ बनाउन
बेसारको नियमित प्रयोगले छालामा चमक ल्याउन मद्धत गर्दछ । यसले छालाको रंग हराउने र फिका हुनबाट बचाउँछ ।
तपाईले अलिकति बेसारमा आधा चम्चा कागतीको रस, अलिकति पिठो, एक चम्चा टमाटरको रस मिसायर पेष्ट बनाई आँखा वरिपरि लगाइ १० मिनेट राख्दा आँखा वरिपरिको कालो दाग – डार्क सर्कल ) हराउँछ ।
मुटु स्वस्थ राख्न
यसले रगतका नसा तथा धमनीमा असर गर्ने पेलेक्यु – काठ , प्लाष्टिक जस्तै पर्दाथ) बन्नलाई रोक्दछ र शरीरका लागि खराब कोलस्टोरको मात्रा घटाउन मद्धत गर्दछ । khabardabali


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.