९ असार, काठमाडौं ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले राजधानीलाई गुण्डागर्दी मुक्त बनाउने अभियान जारी रहको बताएका छन् ।
गुन्डागर्दी र धाक धम्की देखाएर दादागिरी देखाउनहरुलाई कानुनी कठघरमा ल्याउने बताउदै उनले राजधानी काठमाडौंलाई गुन्डामुक्त बनाउने बताएका हुन् ।
समाजमा अपराधिक गतिविधि गर्नेलाई प्रहरीले कुनै पनि हालतमा नछोडने बताउदै एसएसपी खनालले नेपाली हेडलाइन्ससँग भने,‘कानुन भन्दा माथि कोही पनि हुन सक्दैन, समाजमा गुण्डागर्दी गर्ने धम्क्याउने तर्साउने हप्ता उठाउने कोही पनि बाँकी रहदैन ।’
गुन्डा मुक्त बनाउने अभियान अन्तर्गत गुण्डा नाइके जसवन्त गुरुङ भनिने पूर्ण गुरुङलाई भाग्ने क्रममा प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको छ । प्रहरीको खोजी रहेको गुरुङलाई राजधानीको बिजुलीबजारबाट पक्राउ गर्ने क्रममा भाग्न खोज्दा प्रहरीले दुई राउण्ड गोली प्रहार गरिएको प्रहरीले बताएको छ । प्रक्राउ गर्ने क्रममा प्रहरी माथि नै रड प्रहार गर्न खोजेपछि प्रहरीले प्रहार गरेको गोलीबाट गुरुङको खुट्टामा दुई गोली लागेको छ ।
एसएसपी खनालले गुरुङ विरुद्ध कालिमाटी कलंकी क्षेत्रका होटल रेष्टुँराहरुमा धम्क्याएर रकम उठाउने गरेको उजुरीको आधारमा पक्राउ गरिएको बताए । प्रहरीका अनुसार केही दिन अघि गुरुङले होटल तथा रेष्टँरा सञ्चालहरुले पैसा नदिएको भन्दै कालीमाटी क्षेत्रमा केही व्यक्तिमाथि कुटपिट गरेका थिए ।
खनालका अनुसार गुरुङ यस अघि नै ज्यान मुद्दा र सार्वजनिक अपराधका मुद्दामा सजायँ पासकका व्यक्त हुन । प्रहरीका अनुसार उनलाई अहिले उपचारको लागि वीर अस्पताल राखिएको छ ।nepaliheadlines


0 comments
प्रतिक्रिया दिनुहोस्...