भक्तपुर, १६ असार । नेपाल पत्रकार महासङ्घका अध्यक्ष महेन्द्र विष्टले सरकारले ल्याएको अनलाइन निर्देशिकालाई तत्काल खारेज गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाले राष्ट्रिय धान दिवस एवम् असार १५ को अवसरमा आज यहाँ आयोजना गरेको दही च्यूरा कार्यक्रममा उहाँले निर्देशिका संशोधनको पक्षमा महासङ्घ नभएको स्पष्ट पार्नु भयो ।
उहाँले भन्नुभयो, “लोकतन्त्रमा पत्रकारिताको नियमन हुनु जायज भए पनि नियमनका नाममा सरकारले मिडियालाई नियन्त्रण गर्ने र कहीँबाट पनि स्वतन्त्रता सङ्कुचित गर्ने कुरा मान्य हुदैन ।” महासङ्घले समानुपातिक विज्ञापन तत्काल लागू गर्न वा लोककल्याणकारी विज्ञापनमा दिइँदै आएको सुविधा वृद्धि गर्ने सरकारसँग माग गरेको उहाँले बताउनुभयो ।
osmepal


0 comments
प्रतिक्रिया दिनुहोस्...