-->
मनिषाको हत्या प्रेमी आशिषले नै गरेको भन्दै प्रहरीले ज्यान मुद्दा चलायो,आफू निर्दोष रहेको जिकिर
Advertisement

आशिषका परिवारको आपक्ति हत्यामा संलग्नता नदेखि मुद्दा किन प्रहरीले चलायो ?
गत जेठ १२ फुटबलर बिमल घर्ती मगरको घरमा उनकी बहिनी मनिषा घर्ती मगरको शंंकास्मक रुपमा मुत्यू भएको थियो ।

बिमलका परिवार मुत्यू नभई हत्या नै भएको भन्दै किटानी जायरी दिएका थिए ।प्रहरीले करीब ३ हप्ता लामो सुस्म अनुसन्धानबाट मात्रै पत्ता लगाए मनिषाको हत्या उनकै प्रेमीले गरेको टुंगोमा प्रहरी पुगेको हो ।

मनिषाको मृत्युसंगै प्रहरीले उनको प्रेमी आशिष भनिने रुद्रनारायण चौधरीलाई तत्काल घरबाटै पक्राउ गरी अनुसन्धान थालेको थियो ।प्रहरीको लामो अनुसन्धानबाट मनिषा हत्या नै भएको उनको हत्या उनकै प्रेमी आशिषले संलग्नमा संलग्न देखिन आएको भन्दै नवलपरासी प्रहरीले चौधरीमाथि ज्यान मार्ने मुद्दा चलाएको हो। प्रहरीले पेश गरेको फाइल अनुसार सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको हो ।

आशिषले नै मनिषाको हत्या गरेको प्रहरी अनुसन्धामा देखिएपछि जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार, ‘घट्ना भएको २१ दिन लामो अनुसन्धानपश्चात घटनास्थलमा फेला परेका प्रमाणका आधारमा नवलपरासी प्रहरी आशिषले नै मनिषाको हत्या गरेको निश्कर्षमा पुगेको हो ।

’‘अनुसन्धान सकिएपछि तत्कालै हामीले घटनाबारे सरकारी वकिलको कार्यालय नवलपरासीमा बुझाइसकेका थियौं,’ उनले भने ।
प्रेम सम्बन्धका कारण चौधरीले मनिषाको हत्या गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । ‘मनिषा र आशिषबीच मोबाइलमा भएको कुराकानीको कल रेकर्ड र मोबाइल म्यासेजमार्फत भएको कुराकानी लगायतका विषयमा अनुसन्धान गर्दा उनीहरुबीच प्रेम सम्बन्धको विषयलाई लिएर झगडा भएको देखिन्छ ।’ उनले भने ।

आशिषका परिवार भने प्रहरी हत्या संलग्नता नभएको देखिदा देखिदै पहुचका आधारमा फसाउन लगेको भन्दै प्रहरीले आफूहरुलाई अन्यायमा पारेको आरोप लगाए ।
गत जेठ १२ गते मनिषा आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । मृत अवस्थामा भेटिएपछि उनको प्रेमी आशिषलाई प्रहरीले नियन्त्रणमा लिई उनको पोलिग्राफ टेष्टसमेत गरिएको थियो । पोलिग्राफ टेष्टमा चौधरीले आफूले मनिषाको हत्या नगरेको बताएका थिए । यद्दपी पोष्टमार्टमको रिपोटमा भने ह्याङ्गीङ भएको रिर्पोट आएको थियो ।

आशिषका परिवार भने प्रहरी हत्या संलग्नता नभएको देखिदा देखिदै पहुचका आधारमा फसाउन लगेको भन्दै प्रहरीले आफूहरुलाई अन्यायमा पारेको आरोप लगाए । मानिषासंग प्रेम सम्बन्धका कारण नै हत्या कसरी हुन्छ? रिपोर्टमा समेत झुन्डिएको भनेर रिर्पोट आएको छ तर कसरी हुन्छ हत्या ?पारिवारक स्रोतले भन्यो । अब यो देशमा हुने खानेका दिन आयो खै आशिषले प्रेम गर्नमा अब नपाउने हो ? उ निर्देाष छ तर भनेको कस्ले सुन्ने भनेर गुनोसो पोखे ।

आशिषले यद्दपी आफू निर्दोष रहेको जिकिर गरेका छन् । प्रहरीलाई उनका परिवारले दवाव दिएर आफूलाई प्रहरी फसाएको जिकिर गरेका छन् । मनिषाको म सच्चा प्रेमी थिए मैले कसरी हत्या गर्नु ? उल्टै उनले प्रशन गरे ,आफूलाई हत्या लागी धेरै प्रयास भएको छ । मैले हत्या न गरेको भन्दाभन्दै ज्यान मार्ने मद्दा प्रहरीले चलायो ।न्यूज24 नेपालबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.