-->
मोटोपना, कोलेस्ट्रोल, झाडापखाला जस्ता रोगहरुबाट छुटकारा पाउन आँपको कोया खाने गर्नुहोस्
Advertisement

हाई ब्लड प्रेसर, मोटोपना, कोलेस्ट्रोल, झाडापखाला जस्ता रोगहरुबाट छुटकारा पाउन आँपको कोया खाने गर्नुहोस्
आँपलाई फलफुलको राजा मानिन्छ । आयुर्वेदमा आँपको रुखको प्रत्येक भागलाई फाइदाकारक मानिन्छ-कोया, फुल, फल तथा बोक्रा ।
हामी सबैलाई पहेंलो रङको रसदार आँप मन पर्ने कुरामा दुई मत छैन ।

अनि आँपले शरीरमा पुर्याउने फाइदका बारेमा पनि हामीलाई थाहै छ । तर के तपाईंलाई थाहा छ आँपको कोया पनि मानव स्वास्थका लागि अति लाभदायक छ भन्ने कुरा रु आज डिसीनेपाल तपार्ईहरुलाई आँपको कोयाबाट हुने फाइदाका बारेमा जानकारी गराउँदै छ । पाकेको आँपको कोयालाई सुकाएर धुलो बनाउनुहोस् र यसलाई बिभिन्न रोगहरुबाट छुटकारा पाउन प्रयोग गर्नुहोस् ।

१. झाडापखालामा
झाडापखाला वा आँउबाट छुटकारा पाउन आँपको कोयाको धुलो दिनको तीन पटक सेवन गर्नुहोस् । आँपको कोयालाई सुकाउनुहोस् र यसलाई पिन्नुहोस् । एक चम्चा महमा १९२ ग्राम धुलो मिसाएर सेवन गर्नुहोस् ।

२. मोटोपनामा
अनावश्यक रुपमा मोटाएका मानिसहरुका लागि आँपको कोया सेवन गर्नाले शरीरको तौल नियन्त्रणमा आउँछ । यसले शरीरको कोलस्ट्रोल लेभललाई घटाउनुका साथै रक्त संचारमा समेत सुधार ल्याउँछ ।

३. कोलेस्ट्रोलमा
आँपको कोयाले रक्त संचालनलाई नियमित पार्ने कामगर्नुका साथै खराब कोलेस्ट्रोल लेभललाई घटाउने काम गर्छ । यसले ब्लड सुगरलाई घटाउने काम पनि गर्छ ।

४. डायबेटिजमा
आँपको कोया सेवन गर्नाले ब्लड सुगरको लेभल कम गर्न अचुक ओखतीको काम गर्छ । यसले आन्द्रा तथा कलेजोको इन्जाइमलाई नियन्त्रण गर्नुका साथै शरीरमा ग्लुकोज शोस्न सक्ने क्षमतालाई घटाएर लान्छ । यसले शरीरको अनावश्यक बोसोलाई घटाउने, तौल नियन्त्रण गर्ने र कम्मरको आकारलाई उचित साइजमा ल्याउन मद्धत पुर्याउँछ ।

५. कार्डियोभास्कुलर रोगहरुमा
आँपको कोया नियमित रुपले सेवन गरेको खण्डमा कार्डियोभास्कुलर जन्य रोगहरुमा लाभदायक हुनुका साथै हाइ ब्लड प्रेसर जस्ता रोगहरुले शरीरमा आक्रमण गर्न सक्दैन । हाम्रो स्नायु प्रणाली, मुटु र रक्त कोशिकाहरु सँग एकआपसमा संगठित हुन्छ । आँपको कोयाको धुलो दैनिक रुपमा सेवन गर्नाले मुटुजन्य समस्याहरु र उच्च रक्तचाप आपसेआस निको भएर जान्छ ।

६. दाँतलाई चम्किलो पार्न
आँपको कोयाबाट टुथ पाउडर तयार पार्न सकिन्छ । एक चिम्टि आँपको कोयाको धुलो आफ्नो हत्केलामा लिनुहोस्, ब्रसालाई धुलोमा चोप्नुहोस् र दाँत माझ्नुहोस् । यो धुलोले तपाईंको दाँतलाई स्वस्थ, बलियो तथा चम्किलो राख्न अहम भुमिका खेल्ने छ ।
Gorkhali khabar


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.