-->
पाठी बेचेर पार्टीको कार्यक्रममा सहभागी कालुनाथको गगनले गरे तारिफ
Advertisement

मिडिया एनपी, काठमाडौं, ४ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले पाठी बेचेर पार्टीको कार्यक्रममा सहभागी कालुनाथ योगीको तारिफ गरेका छन् । थापा मध्यपश्चिम क्षेत्रमा आयोजित पार्टीका कार्यक्रममा सहभागी हुँदा आफूलाई भेट्न आउने कार्यकर्ताको पार्टीप्रतिको लगावको तारिफ गर्दै फेसबुकमा फोटोसहित स्टाटस राखेका छन् । उनले स्टाटसमा कालुनाथको सपना पूरा गर्ने अठोटसहित आफू फर्केको उल्लेख गरेका छन् । उनले कर्णाली क्षेत्रको विकासका लागि आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
के लेखे त गगनले ?
प्रदेश नम्बर ६ को विभिन्न जिल्ला मुगु, जुम्ला, कालिकोट, दैलेख र सुर्खेतको घुमाई एकदमै ज्ञानवद्र्धक रह्यो । कर्णालीको सीमा र सम्भावनालाई नजिकबाट थाहा पाउने मौका मिल्यो । यो भ्रमणले आउने दिनमा काम गर्न मलाई निक्कै मद्दत मिल्नेछ ।
भ्रमणको एउटा घटना अविस्मरणीय रह्यो । कालिकोटको कार्यक्रमपछि पार्टीका साथीहरूसँग छलफल गरिरहेको थिएँ । कालोकोट लगाएर एकजना दाइ कुनामा बसिराख्नुभएको थियो । एकजना साथीले ल आउनुस् अगाडि भन्दै मसँग हात मिलाउन लगाए । उहाँ अप्ठयारो मानिरहनुभएको थियो । पछि मलाई थाहा भयो उहाँ लालुगाउँका कालुनाथ योगी हुनुहुँदो रहेछ । लालुगाउँबाट सदरमुकाम आउन तुइन तरेर आउनुपर्ने रहेछ र आउँदा जाँदा भाडा तिर्नुपर्ने रहेछ । पार्टीले खबर गरेछ, आफ्नै खर्चमा कार्यक्रममा जाने भनेर । पैसा रहेनछ, तर मसँग भेट्न र मेरो कुरा सुन्न मन रहेछ । पैसाको जोहो गर्न आफूसँग भएको पाठी बेच्नुभएछ, पैसा जम्मा गर्नुभएछ र कार्यक्रममा आउनुभएछ ।
यो सुनेर म दंग परें । उहाँले धेरै कुरा गर्न पनि चाहनुभएन । खाली यति भन्नुभयो, स्देशलाई केही गर्नु होला, हाम्रो ठाउँलाई पनि हेर्नु होला । केही बोलिनँ । यस्तो साथीको माया नै मेरो प्रेरणा बनेको छ । कालुदाइको ठाउँका लागि केही गरेरै छाड्ने अठोट गरेर फर्केको छु ।
फेसबुकमा गगनलाई ५५ वटा कमेन्ट
पार्टीको कार्यक्रममा सहभागी हुन आफ्नो जायजेथा बेचेर आउने कार्यकर्ता, तिनको भावना र सपना पूरा गर्न गगनलाई फेसबुकमा अहिलेसम्म ५५ जनाले कमेन्ट गरेका छन् । धेरैले गगनलाई अझै पनि राजनीतिको आशाको केन्द्र भन्दै राष्ट्रका लागि काम गर्न सुझाएका छन् ।
हरिप्रसाद शर्माले कमेन्ट लेख्दै भनेका छन्, ‘गगनजी कर्णालीको पिडिए खारेज गरी भारतीय कम्पनी जिएमआरलाई कर्णाली परियोजनाबाट मुक्त गरी यो परियोजना नेपालीले नै बनाउनेमा पहल गर्नुभयो भने लालुगाउँका कालुदाइ जस्तै कुनाकुनाका दाइहरूरुको सपना साकार हुनेछ, यसमा आवाज उठाउनु होला ।’


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.