-->
अभिनेत्री श्वेता खड्काले सम्बन्ध फेरिन
Advertisement

काठमाडौं । अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको लामो समयपछि अभिनेत्री श्वेता खड्काले श्रीकृष्ण श्रेष्ठको परिवारसँगको सम्वन्धमा परिवर्तन गर्ने बताएकी छिन् ।

सामाजिक सञ्जालमार्फत श्रीकृष्णको परिवारको फोटो राख्दै श्वेताले लेखेकी छन् ‘मबाट वितेका दिनहरुमा अन्जानमा कसैको मन दुखाएको भए यही सन्देशमार्फत माफी चाहन्छु ।

हजुरहरुको माया र साथलाई म भित्र मनदेखि धन्यवाद दिन चाहन्छु ।’ ‘म पनि हजुरहरुले मलाई सम्झे जसरी हजुरको असर छोरी बहिनी भएर हजुुरहरुको इज्जत राखेर अघि बढ्ने प्रयास गर्नेछु ।’ स्वेताले लेखेकीछिन् ।

स्वेताले फेसबुकमा यस्तो लेखेपछि उनले अब श्रीकृष्णको परिवारमा बुहारीको रुपमा नभई विवाह गरेर पठाउने छोरीको रुपमा रहने बताएकी छिन् । यसबाट श्वेता नयाँ घरजमको सोंचमा पुगेकी अनुमान गर्न थालिएको छ ।khabardabali


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.