-->
घुँडाको समस्याको कारण सुरवीर पण्डितको भयो अप्रेशन, ढेड महिना आराम गर्नुपर्ने
Advertisement

हाँस्य कलाकार ‘दाह्री बा’सुरबीर पण्डितको केएमसी अस्पताल सिनामंगलमा घुँडाको अप्रेशन गरीएको छ । नौ वर्ष अगाडि हाँस्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’ मा पिँढीवाट हाम फालेर बान्द्रेलाई खेद्ने दृष्यको सुटिङ गर्दा उनको घुँडामा असर परेको थियो ।
तत्काल सिनामंगलमै रहेको पाथिभरा आयुर्बेद केन्द्रमा उपचार गराएका पण्डितलाई केही समय सम्म बिषेक भएको थियो । पछिल्लो समयमा समस्या फेरि बल्झिएपछि उनि अस्पताल गएका हुन् ।
अस्पतालमा चेकजाँच गरेपछि लिगामेन्ट गएको, घुँडामा हुने चार मध्ये २ नशा चुँडेको र पानी जमेको पत्ता लागेको थियो । अब उनले केहि दिन बैशाखी टेकेर हिंड्नुपर्ने छ भने सामान्य एक्सरसाईज पनि गर्नुपर्ने भएको छ । कलाकार पण्डितकानुसार उनि डाक्टरहरुले सल्लाह बमोजिम घरैमा एक्सरसाइज गर्नु पर्ने भएको छ । साथै, उनि ढेड महिना सम्म आराम गर्नु पर्ने भएको छ ।उनी डेढ महिना सम्म कुनै पनि चलचित्र एवं टेलिचलचित्रको सुटिङमा सहभागी नहुने भएका छन् । विभिन्न टेलिफिल्म, फिल्म र म्युजिक भिडियोमा समेत सक्रिय पण्डितले ‘मेरी बास्सै’ मा दाह्री बा को भूमिका निर्वाह गरेका छन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.