-->
टेलिकमले ल्यायो नँया नेटवर्क डाटा प्याक (सुची सहित )
Advertisement

असार १३, काठमाडौँ। नेपाल टेलिकमको मोबाइल डाटाबाट इन्टरनेट चलाउनेको संख्या बढ्दै जाँदा सेवाप्रदायकले पनि डाटा केन्द्रित आकर्षक योजना ल्याइरहेका छन्। नेपाल टेलिकमले पनि विभिन्न प्याकेज मार्फत् इन्टरनेट सेवा दिईरहेको छ। पोष्टपेड, प्रीपेड तथा सिडिएमए नेटवर्कका लागि फरकफरक प्याकेज छन्।
यी तीन प्याकेजमध्ये सबैभन्दा सस्तो सिडिएमएको प्याकेज छ। सिडिएमए सेवाको ‘टार्गेट’ ग्रामिण क्षेत्रमा रहेको र डिभाइस जडान पनि सस्तो हुनाले यसको डाटा भएको नेपाल टेलिकमका सह प्रवक्ता डिल्ली अधिकारीले प्रष्ट पारे।
एसएलसी दिएका विद्यार्थीलाई सीम किन्दा ३०० एमबी डाटा निःशुल्क
नियमित मोबाईल डाटा प्याकेजका अतिरिक्त समयसमयमा विभिन्न डाटा केन्द्रित योजना पनि टेलिकमले ल्याउने गरेको छ। अहिले एसएलसी दिएका विद्यार्थीलाई गत चैत २९ गतेबाट ९० रुपैयाँमा सिमसँगै ३ सय एमबी डाटा निःशुल्क दिने स्किम ल्याइरहेको छ।
‘अहिले मोबाइलबाट इन्टरनेट बढी चलाउँछन्। सिम भनेको फोन भन्दा पनि इन्टरनेट चलाउन प्रयोग हुन थालेको छ। त्यसैले हामीले हरेक योजनालाई डाटा केन्द्रित बनाउने गरेका छौं,’ सहप्रवक्ता अधिकारीले भने।
यसका लागि सबैभन्दा पहिले username र password लिनुपर्छ। यो लिन ntpro टाइप गरेर १४२८ मा म्यासेज पठाउनुपर्छ। त्यसैगरी यसको लागि अर्को अनिवार्य टुल भनेको ntpro app हो जुन गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ । उक्त एप्लीकेशन डाउनलोड गरिसकेपछि वाईफाई तथा अन्य इन्टरनेटको स्रोतको माध्यमबाट कल, एसएमएस गर्न सकिनेछ।
जिएसएम पोष्टपेड डाटा प्याकेज
जिएसएम पोष्टपेड ग्राहकका लागि टेलिकमले १० एमबीदेखि पाँच जिबीसम्मका प्याकेज उपलब्ध गराइरहेको छ। म्यासेज बक्समा गएर DATA र आफूले लिन चाहेको डाटा प्याकेज लेखेर १४०० मा म्यासेज पठाएर यो लिन सकिने आफ्नो आधिकारिक वेबसाइटमा उल्लेख गरेको छ। यसको भोल्यूम, मूल्य तथा अवधि यस्तो छ।
जिएसएम प्रीपेड डाटा प्याकेज
टेलिकमले जिएसएम प्रीपेड प्रयोगकर्ताका लागि पोष्टपेडको प्याकेजमाभन्दा एक फिचर थप गरेको छ। यो भनेको १० जिबीको डाटा प्याकेज हो। म्यासेज बक्समा गएर DATA र आफूले लिन चाहेको डाटा (जस्तै DATA10GB) लेखेर १४१५ मा पठाएर लिन सकिन्छ। यसको समय, मूल्य र डाटा भोल्यूम यस्तो छ।
सिडिएमए डाटा प्याकेज
नेपाल टेलिकमको सबैभन्दा सस्तो डाटा प्याकेज सिडिएमए नेटवर्कमा छ। यसमा न्यूनतम ४० एमबी डाटा प्याकेज छ र यसको मूल्य १५ रुपैयाँ छ। यस हिसाबले प्रतिरुपैयाँ २.६७ एमबी डाटा पर्न आउँछ। त्यस्तै ६ महिना भ्यालिडिटि भएको १० जीबी डाटाको मूल्य १८ सय रुपैयाँमात्र छ।
यसमा डाटा खरिद गर्न जिएसएम प्रीपेडको जस्तै प्रक्रिया छ।
टेलिकमको डिजिटल सेवा
आफ्नो नेटवर्कले काम नगरेको भएपनि देशभित्र तथा बाहिर जहाँ भएपनि अन्य इन्टरनेट कनेक्सनको माध्यमबाट आफ्नै नम्बरबाट फोन गर्न तथा उठाउन सकिने गरी टेलिकमले प्रो सेवा ल्याएको छ। यो योजना जिएसएम पोष्टपेडमा मात्र उपलब्ध रहेको टेलिकमले जनाएको छ।
असार मसान्तसम्ममात्र संचालन हुने यो योजनामा प्रतिमहिना ५० एमबीका दरले ६ महिनासम्म डाटा उपलब्ध हुने अधिकारीले जानकारी दिए।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.