-->
१ सय १२ वर्षीय बाटुली भन्छिन्, ‘दिनको ३० वटा बिँडी पिएर पनि बाँचेकै छु’
Advertisement

काठमाडौं – धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ । तर १ सय १२ वर्षकी वृद्ध बाटुली लामिछाने यो भनाईलाई मान्न तयार छैनन् । विक्रम सम्वत १९५९ मा सिन्धुपाल्चोकमा जन्मिएकी बाटुली विवाहपछि नुवाकोटस्थित श्रीमान्को घर गइन् । तर, उनका लागि जीवन सहज भएन ।

८ दशकअघि नै भारत गएका श्रीमान् छविलाल लामिछाने फर्किएनन् । त्यसका बाबजुद बाटुली विना तनाव १ सय १२ वर्षसम्म आफ्नो जीवन चलाइरहेकी छिन् । उनी धुम्रपानकी अम्मली हुन् । दैनिक ३० वटा बिडीँ पिउँछिन् । उनी भन्छिन्–‘सक्रिय जीवनशैलि र तनाव बिनाको दैनिकी मेरो लामो जीवनको कारण हो ।’ बेलायती समाचार संस्था डेलीमेल मा उनको बारेमा समाचार नै छापिएको छ ।

बाटुलीले १७ वर्षको उमेरबाटै बिँडी तान्न शुरु गरेकी थिइन् । उनका जेठा छोरा ८५ वर्षका भए ।

नाति–नातिनी र उनीहरुका छोरा–छोरी पनि छन् । उनको आवाज आजकल राम्ररी सुनिदैँन । तर पनि बाटुलीले आफ्नो प्राय काम सबै आफै गर्छिन् । भन्छिन्–‘आजकलका मानिस तनाव धेरै लिन्छन् । उनीहरु शारीरिक परिश्रम कम गर्छन् । त्यसैले धेरै बाँच्दैनन् । ratopati


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.