-->
दुई गोलि लागेका गुण्डा नाईके वीर अस्पतालमा (फोटो फिचर)
Advertisement

काठमाडौ। प्रहरीले आज राजधानीको विजुली बजारमा गोल हानेर गुण्डागर्दीको आरोपमा एक यूवकलाई पक्राउ गरेका छ । प्रहरीले हानेको दुई राउण्ड गोली लागेर घाईते भएका जसवन्त राई भन्ने कर्ण गुरुङलाई पक्राउ गरेको हो । उनको अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।
उनी कालीमाटी, टेकु, कलंकी क्षेत्रमा गुन्डागर्दीमा संलग्न रहेको प्रहरीको दावी छ । उनी बाफलमा बस्दै आएका छन ।
गुरुङलाई पक्राउ गर्ने गएको प्रहरी टोलीमाथि उनको समूहले आक्रमणको प्रयास गरेपछि प्रतिउत्तरमा चलाएको गोली लागेर घाईते भएको प्रहरीले दावी गरेको छ ।
घटनास्थलबाट प्रहरीमाथि गुरुङले आक्रमण गर्न प्रयोग गरेको फलामे रड पनि बरामद गरेको छ । प्रहरीका अनुसार उनलाई तिघ्रा र पिँडुलामा दुई गोली लागेको छ। mepalisandash


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.