-->
पाल्पा बस दुर्घटनामा आमाले बसबाट फालेर बचेकी उनै बच्ची हुन समिक्षा जसले एसएलसी बोर्ड टपिन
Advertisement

पाल्पा बस दुर्घटनामा आमाले बसबाट फालेर बचेकी उनै बच्ची हुन समिक्षा जसले एसएलसी बोर्ड टपिन
दीपक ज्ञवाली ।
अरु कसैको दाबी आएन भने यसपटकको एसएलसीमा रुपन्देहीकी समिक्षा सुवेदी नेपाल प्रथम भएकी छिन् ।
सैनामैना नगरपालिका मुर्गियास्थित सुनगाभा पब्लिक उच्चमाविकी छात्रा सुवेदीले ग्रेड प्वाईन्ट एभरेज (जीपीए) ४ ल्याएकी हुन् । उनको यो अंक देशमै बढी रहेको विद्यालयले दावी गरेको छ । उत्कृष्ठ अंक ल्याएको खुसीमा विद्यालयले रयाली निकाल्यो । विद्यालय परिषरबाट विद्यँर्थी, अभिभावक, संचालक, सुभेच्छुकसहित निस्केको रयाली पश्चिम सालझण्डी र पूर्व बुटवलसम्म आएको थियो ।
को हुन समीक्षा ?
उनी नाबालकमै आमा गुमाएकी,, मध्ययम परिवारमा जन्मीएकी हुन् । समीक्षा ७ महिनाकी हुंदा पाल्पाको बाटुले पोखरामा भएको बस दुर्घटनामा परेर आमा गीताको मृत्यु भएको थियो । २०५५ जेठ १५ गते पाल्पा छहराबाट बुटवल आउदै गरेको बस दुर्घटना हुंदा आफूभन्दा छोरीलाई जोगाउन उनले छोरीलाई झ्यालबाट बाहिर फालिन् । भयो पनि त्यस्तै । उपचार गर्दै गर्दा उनको मृत्यु भयो,छोरी बांचिन् ।
यी सबै घटनाबाट परिचित बिद्यालयका प्रमुख शैक्षिक सल्लाहकार कृष्ण पंगेनी भन्छन्,तर उनले बांकी परिवार र बिद्यालयको प्रेरणाले यो सफलता चुमिन ।
आमा मरेर बचाएकी उनी हजुरआमा र कान्छी आमाको रेखदेखमा हुर्कीएकी थिइन् । बाबु तेजनारायण सुवेदीले कुखुरा फाम सञ्चालन गरेका छन् । ३ भाइबैनी मध्ये दिदी प्रतिक्षा बिविए अध्ययनरत छन् । भाइ आशिश सुवेदीले ए प्लस ल्याएर संगै एसएलसी उत्रीर्ण गरेका छन् ।
उत्कृष्ठ समिक्षाले आफ्नो मेहनत, परिवारको सहयोग र गुरुहरुको प्रोत्साहनले उत्कृष्ठ अंक ल्याउन सकेको बताइन् । समय तालिका र विषय सुचि बनाएर पढ्ने, पढेको कुरालाई बेलाबेलामा दोहोराउने बानीले परीक्षामा पनि राम्रो लेख्न सकेको उनले बताइन् । समीक्ष्ाँले भनिन् ‘ घोक्नेमा होइन । जे कुरालाई पनि कसरी सिर्जनात्मक किसिमले प्रस्तुत गर्ने भन्नेमा जोड दिन्छु ।’
समिक्षाको डाक्टर बन्ने लक्ष्य छ । ‘डक्टर बनेर उपचार सेवामा रोग पालेर बसेकालाई उपचार गर्न चाहान्छु । ’ उनले भनिन् । यसकालाई विज्ञान विषय लिएर पढ्नेछिन् । उत्कृष्ठ अंक ल्याउनेहरु प्राय राजधानीमा पढ्न जान्छन् । यो चलन तोड्दै समिक्षाले भने रुपन्देहीकै उच्चमाविमा पढ्ने इच्छा देखाएकी छिन् । ‘घरपरिवारसंगै बसेर पढ्ने विचार छ ।’ समीक्षाले भनिन् ।
समिक्षा सानैदेखि मेहनति र लगनशील विद्यार्थी हुन् । पढाइसंगै उनी अनुशाशनमा सधै उत्कृष्ठ हुन्थीन् । अतिरीक्त क्रियाकलापमा पनि उनी अगाडि छिन् । ‘स्वअध्ययन बढी गर्ने, समय तालिका अनुसार काम गर्ने, सबैसित मीत्रवत व्यवहार गर्ने र सहयोगी उनका गुण हुन् ।’ विद्यालयका प्राध्यापक तिलक केसीले भने भनेर लुम्विनी रिभ्यु डटकममा खबर छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.