-->
काबुलमा मारिएका श्रीमानकाे शव दुई श्रीमतीद्धारा तानातान
Advertisement

रुपन्देही, ११ असार । फरक फरक संस्कार अँगालेका एउटै श्रीमानका दुई श्रीमतीले आ–आफ्नै सस्कार अनुसार पतिको अन्त्यष्टि गरेका छन् । आजको गोरखापत्र दैनिकमा खबर – पहिले शव कसले दाहासंस्कार गर्ने भन्नेमा समेत विवाद उत्पन्न भएपछि अन्ततः दुई श्रीमती मिलेर भिन्न संस्कारसहित अन्त्यष्टि गरेका छन् ।
काबुल आक्रमणमा १३ नेपालीसँगै मारिएका बुटवलका जितेन्द्रसिंह थापाका दुई श्रीमतिले यस्तो गरेका हुन् । श्रीमान मारिएको खबर सुने लगत्तै शोकसँगै फरक समस्यामा जुधेका दुई श्रीमतीले दुःखका बेला अनौठो सुखद सन्देश दिएका छन् ।
लामो तनाव र अन्यौलपछि बिहीबार फरक, दृश्य देखियो । हिन्दू परम्पराकी कान्छी श्रीमती संजीता लामाले बुटवलस्थित देविनगर घरमा शव उठाउनुअघि हिन्दू परम्परा अनुसार शवमा अर्घ दिइन् । थापाकी इसाई परम्पराकी जेठी श्रीमती गौतमी थापाले बुटवलको जरंगे जङ्गलस्थित इसाई दाहसंस्कार स्थलमा पास्टरहरुको उपस्थितिमा इसाई पाठका साथ शवलाई माटोमा पुरिन् ।khabardabali


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.