-->
चीनले यसरी बचाउँदैछ भारतका करोडौ जनताको जीवन !
Advertisement

एजेन्सी– भारतमा यसबेला करोडौ जनता खडेरीका कारण आकुलब्याुकल जीवन व्यतित गरिरहेका छन् । सरकारले तत्काल व्यवस्थापन नगर्दा कयौंको मृत्यु समेत भैसकेको छ । सोही अवस्थालाई मध्यनजर गर्दै छिमेकी देश चीनले भारतको खडेरी र त्यसबाट प्रभावित क्षेत्रका सर्वसाधारणको जीवन बचाउन आकाशबाट कृत्रिम पानी पार्न सक्ने प्रविधि प्रदान गर्ने भएको छ । चिनियाँ र भारतीय सञ्चारमाध्यामहरुका अनुसार चिनियाँ विशेषज्ञहरुले हालै भारतको भ्रमण गरेर त्यस्तो निचोड निकालेको जनाइएको छ ।
खडेरीबाट गम्भीर रुपमा प्रभावित भएको भारतको महाराष्ट्र प्रदेशलाई भने तत्काल सो प्रविधि सहयोग गर्ने विषयमा बेइजिङमा छलफल भैरहेको बताइएको छ । आवश्यक परेमा खडेरीग्रस्त अन्य क्षेत्रमा समेत उसले सो प्रविधि प्रदान गर्नसक्ने बताइएको छ । सञ्चारमाध्यामहरुका अनुसार भारतको महाराष्ट्र प्रदेशमा सन् २०१७ को मध्यसम्ममा सो प्रविधि प्रदान गरिने र आउँदा वर्षहरुमा हुने सम्भावित ठूला दुर्घटनाहरुबाट बचाउन सकिने विषयमा समेत छलफल भएको छ । चीनले आकाशमा कृत्रिम बादल खडा गरेर वर्षा गराउने प्रविधिको विकास गरेको निकै वर्ष भैसकेको छ ।kathmandutoday


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.