-->
ठमेलमा केटा–केटीबीच झगडा, पेस्तोल पनि भेटियो
Advertisement

काठमाडौं, ११ असार । राजधानीकै पर्यटकीय नगरी ठमेलमा केटा र केटीबीच झगडा भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं महानगरपालिका–२९ ठमेलस्थित नर्सिङ चोकमा झगडा गरिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–२९ सामाखुशी बस्ने २१ वर्षीय ज्ञानसागर लामा र काठमाडौं नयाँबानेश्वर बस्ने २१ वर्षीया निर्मला लामालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुबीच झगडा भएपछि महानगरीय प्रहरी बृत्त लैनचौरको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ज्ञानसागरको साथबाट नक्कली पेस्तोल फेला परेको थियो ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.