मापदण्ड तिमीले तोक विद्यार्थीले जाँच दिने क्राईटएरिया तिमी बनाऊ, विद्यार्थीको प्रश्नपत्र तिमी नै बनाऊ, विद्यार्थीको परीक्षा पनि तिमी नै लेऊ मेरो त्यसमा के भूमिका रहन्छ र त्यसमा मैले के बदमासी गर्न पाउँछु र सक्छु । प्रश्नपत्र पनि तिम्रै कपि पनि तिमीनै काट्छौ त्यसमा मेरो के रोल । अनी किन हामीलाई १३५ विद्यार्थी । २००, २५० किन भर्ना गर्न नदिने हरेक पटक आएर अनुगमन गर । मापदण्ड नपुगेको भए हामी पुरा गर्न तयार छौं । यदि कमी कमजोरी औल्याउँदा औल्याउँदै पनि बेवास्था गर्दै अगाडि बढे त्यसपछि कारबाही गर्ने सिट संख्या घटाउने निर्णय गर । अनी सबैलाई एउटै तराजुमा राखेर हेर्न मिल्छ । १०० जना गतल भएको ठाउँमा १० जनात राम्रा होलान् ! अनी सबैलाई एउटै तराजुमा राख्ने ? तिमी को ?
लेखेर राख हामी तिमीलाई १० बर्षमा ३० हजार मेगावाट बिजुली दिन्छौं । मेलम्ची हैन लेखेर दिन्छौं कोशिको पानी ल्याउछौं । के तिमीहरुले मात्रै योजना देखेका छौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले घरघरमा ग्याँसको पाईपबाट ग्याँस वितरण गर्छु भने त्यो सबैभन्दा सत्य बोलेको हो । गर्नु पर्ने नै त्यहि हो । घरमा दुई तीनवटा ग्याँसको सिलिण्डर राख्नु भनेको एटम्बम राख्नु जस्तै हैन ? किन आज ग्याँस पुगिरहेको छैन ? यसको लेखा जोखा कोसँग छ ? हो, कसैसँग छैन ।
धाराको पाइप जस्तो ग्याँसको पाईप जडान गरे सबैले सोच्ने थिए । आज ग्याँस जति चलाएपनि कसैको घरमा मिटर चड्नेवाला छैन तर पाईप जडान गरेको खण्डमा त पाइपमा मिटर उठ्छ ।
एक दिनमा शरीरलाई मेक्सीमम दुई ग्राम नुन आवश्यक पर्छ तर हामी तरकारीबाट मात्रै ४ ग्राम नुन खाईदिन्छौं । अनी प्रेसर, मुटुको समस्या नभए के हुन्छ । ग्याँसको मिटर देखेपछि मानिषले तरकारी एउटा मात्रै पकाउँछन् । ओलीले सहि समयमा बोले, बोलेनन् उनको कुरा हो तर अहिले एक्काईसाँै शताब्दीमा आएर बोल्नु त पर्ने थियो । आज दुनीयामा पाईपको माध्यमबाट ग्याँस प्रयोग भैरहेका छन् । पाइप राख्न पनि त केहि गाह«ो छैन । आज हाम्रा सडक कहाँको राम्रो छ र सबै दुलै दुला छन् । म जस्तो अनपढलाई यसको जिम्मा दिउन ६ महिनामा पाइप लाईन जडान गरिदिन्छु ।
किन कि पहिलो चोटी संसारमा प्राक्टीस भएको विषय हैन । म जतिबेला पहिलो पटक १९८१ मा लण्डन गएको थिए । पुन्स चायल्सको विवाह भएको थियो डायमन संग । मेरो भाग्यले त्यहाँको पार्टीमा भाग लिन पाएको थिए । पुन्स चायल्स डायमनको नजिकै थिएँ म । त्यतिबेला सबैको घरमा ग्याँसको मिटर थियो । सिलिण्डर नै थिएन । अझ नेपालमा त ग्याँस देख्नै पाइएको थिएन केवल दाउराको मात्रै प्रयोग हुन्थ्यो । लोकमानसिंह कार्कीको घरमा त्यतिबेला गाईको गोबरबाट गोबर ग्याँसको प्रयोग गरेको थाहा छ । अन्त नेपालमा कहि थिएन ।
रसियामा सेकेन्ड ओल्डवार अगाडिनै ग्याँस पाईपको माध्यमबाट प्रयोग गर्दै आएको थियो । यसो भन्नुको मतलव प्रयोग नै पहिलो सफलता हो । ठूलो ड्याम बनाएर जम्मा गर्नु पर्छ । अरवौँ रुपैयाँको ग्याँस सिलिण्डरको अन्त्य हुनेछ । किन कि भारतीयहरुले जोखिमयुक्त सिलिण्डर आफूले राख्ने छैनन् । उसले नेपाललाई बेच्ने हो । सिलिण्डरमा मात्रै हाम्रो खर्बौ रुपैयाँ अनाहकमा खर्च भैरहेको छ ।
एक सय रुपैयाँको ब्याज नजोडौं । तर एक अर्ब रुपैयाँको एक दिनको ब्याज त धेरै हुन्छ नी । अहिले मेरो हरेक दिनको ब्याज करिब तीन लाख रुपैयाँ छ । त्यस्तै अबौँ रुपैयाँको ब्याज त सेकेण्डको पनि धेरै लाग्छ नी हैन र । भारतमा हेनुस् २६० रुपैयाँमा एउटा सर्ट पाइन्छ । ४४० रुपैयाँमा दुईवटै पाइन्छ भने पनि त्यहाँका नागरिकले एउटा मात्रै किन्छन् हामी भए दुईवटा किन्नेथियौं । भारतको एउटा नागरिक भन्छन्, “सर जब १८० मा मेरो दुई महिना जान्छ भने बाँकी १८० त मेरो फस्यो त्यो १८० त म लगानी गर्छुनी । मैले त्यसलाई अन्य कुरामा लगानी गरे भनेत त्यो समयमा ३६० रुपैयाँ भन्दात बढि कमाउँछु । रनिङ् पैसाको भ्यालु वान बराबर ५ हुन्छ ।
म संग एक लाख अचल पैसा छ तर २० हजार चल छ भने २० हजार बराबर एक लाख हुन्छ । किन कि मैले २० हजारलाई लगानी गरेभने सो समयमा एक लाख कट्छ । हामी जस्तो अर्धशिक्षित मानिषहरुले पनि यस्ता कुरा बुझेका छौँ । त्यहि बिषयमा काम गर्ने व्यत्तिहरुले त झन बुझ्नुपर्ने हो । केहि कुरा पनि संसारमा आईसुलेटेड हुँदैन । सबै एक अर्काका परिपुरक हुन् ।
अस्टे«लियामा अलिकति मात्रै क्राईसिस हुनासाथ सरकारले बिहान ढोका बजाउँदै नागरिकको अवस्था हेरी पैसा बितरण गर्छ । पैसा नागरिकलाई बाँढेन भने बजारमा पैसाको संकट पर्न जान्छ । पैसा पाएपछि उसले आवश्यकता अनुसारको सामान किनेर प्रयोग गर्छ ।
जस्तो मैले सामान बेच्नासाथ बाँकी ल्याएको २० हजार होलसेलमा लगेर दिन्छु । म जस्ता २० हजार लिएर त्यहाँ पुग्ने हजारौँ हजार हुन्छन् । उनीहरुलाई ४ लाख डलर पाए फेरी ऊ ४ लाख डलर लिएर आफूले बाँकी कारोबार गरेको स्थानमा पुगेर रकम बुझाउछ । त्यो ईन्पुटरमा ४ लाख डलर लिएर जाने त फेरी हजारौँ मानिष छन् । उसलाई १० मिलियन डलर आयो उसले फेरी आफुले मान्छे राख्ने होटलमा सोध्छ हाम्रो बिल कति छ । २ लाख मिलियन डलर त्यसबाट सबै कुन पसलेको कति, सब्जीपसलेको कति, चामल, तेल, नुन आदी आदी यसरी एकैपटक बजारमा सबै मानीसकामा पैसा निस्कन्छ । आखीर पैसा फर्केर त सरकारकै मातहत आयो । सामान्य सोच हो यो ।
धनी देशका मानीसले धेरै धनका कुरा गर्दैनन् तर त्यो धनलाई कसरी परिचालन गर्ने भन्ने सिकेका छन् । उनीहरुकोमा हाम्रोमा भन्दा पैसा कमाउन गारो छ । तर आएको पैसालाई तर्कसंगल प्रयोगमा लगाउछन् । भारत १० बर्ष अगाडि कस्तो थियो आज पुरै परिवर्तन भएको छ । हामी भारतीयलाई धोति धोति भन्छौ तर अब उनीहरुले नेपालीलाई काचै खान्छन् । उनीहरुको सोच र विचारमा परिवर्तन आउदैछ ।
भारतीयहरु कुरा गर्छन तीन लाख ५० हजार ७ सय करोड यसबार मुनाफा हुवा । २ लाख ५० हजार ३ सय करोड सरकारले आफै डिल गर्दा कमाउथो । पहिला ब्रोकर मार्फत दिन्थ्यो । यस बर्ष आफैले डिल गर्दा अहिले तीन लाख ५० हजार करोड एउटा बस्तुमा नाफा भयो । कवाडी लिलामी गर्दा मात्रै दुइ लाख ७० हजार करोड यसबर्ष मुनाफा हुवा । उनीहरु संग कति पैसा छ हामी संग मागेर जसो तसो यस बर्ष करिब ११ खर्वको बजेट आएको छ । भारतमा ११ खर्व कवाडी बेच्दा मात्रै आउछ ।
मैले माथि किन यत्रो भूमका बाँधे भने नेपाल यस्तो मुलुक बन्दै छ जहाँ आर्थीक क्षेत्र धरासायी बनाउन सरकार र केहि त्यस्ता व्यत्ति सक्रिय बन्दै गएका छन् । सरकारले मेडिकल क्षेत्रमा एमबिबिएस सिट कटौंति गर्दा मात्रै यसबर्ष ३० अर्र्ब सरकारलाई घाटा लाग्यो यो पैसा नेपाल बाहिर गएको छ । यस बर्ष मात्रै २ हजार विद्यार्थी एमबिबिएस पढ्न नेपाल बाहिर गएका छन् । भएका सिटमा पनि १६५ सिट यता काटीएको छ । जसका कारण १५० जना जेहनदार विद्यार्थी समेत छात्र बृद्धिमा पढ्न बन्चित भएका छन् । १६५ सिट काटीनु भनेको १० प्रतिशत र २० प्रतिशतमा रहेको छ । १० प्रतिशतले पनि नेपालका २० जना जेहेनदार विद्यार्थीले पढ्न पाएनन् । नेपालका मात्रै जेहनदार २० जना विद्यार्थी एमबिबिएस पढ्न बाहिर जाँदा न्युनतम पनि १ करोड रुपैयाँ बोकेर जानुपर्छ । २० जनाले नर्मल २० करोड बोकेर गएका छन् त्यसमा पनि छोराको हकमा छोरीको हकमा भने ४० करोड आवश्यक पर्छ यो सामान्य कुरा हो । अझ छोरा छोरी बाहिर रहदा आवश्यक अनुसार अबिभावक जानु पर्ने हुन्छ त्यो हिसाव कसले गरेको छ । अनी २ हजार विद्यार्थी बाहिर गए कति रकम गयो त्यो खोज्ने कि नखोज्ने ।
सामान्य हिसावमा कुरा गर्दा महि माग्नु ढुङ्ग्रो लुकाउनु भन्ने चलन छ । तर यहा चै मैपनि नपाउनु ढुङ्ग्रोमा पनि दुलो पार्नु भन्ने उखान भको छ । भन्नुको अर्थ आफ्ना विद्यार्थी पनि नपढाउनु भएका विद्यार्थी पनि विदेश पठाउनु । के २० जना नेपाली विद्यार्थीले हरेक बर्ष छात्रबृद्धिमा पढ्न पाउनु नेपालमा मजाकको विषय थियो र ?
यस्तै रवैया नेपालमा रहने र नेतृत्वमा बस्नेले पनि सामुहिक निर्णय भन्दा व्यत्तिगत निर्णयलाई मान्यता दिदै जानेहो भने अन्यथा नलागोस आगामी २० बर्षमा नेपालका गाउँमा छोरामान्छेको ढुकुर देख्न पाईने छैन् । सबै पलायन भएर जान्छन् । के डाक्टरको कुरा । सिट कटौति मेडिकल कलेज बन्द अनी सरकारी नितिमा एक गाँउ एक डाक्टर कहाँ पढाउने खै अनुसन्धान गरेको सम्भव छ पढाउन ? यथार्थ यहि हो ।
डाक्टर भगवान कोइराला, डाक्टर गोविन्द केशी, माथेमा, डाक्टर अर्जुन कार्की जसले एक रुपैया बैङ्कबाट श्रिmण लिएको छैन् । एक रुपैया लगानी गरेको छैन । मेरो टाउँकोमा एक अरव श्रिmण रहेको छ । एक हजार जना मानीसलाई रोजगारी दिएको छु । उनीहरुले त्यहि रोजिरोटिले गर्दा हजारौ मानीसको गुजारा चलाएका छन् ।
जसले जिन्दगीभर राजधानीमा बसेर सेवा गर्ने, एक रुपैयाँ लगानी गरेर जनतालाई रोजगारी दिन नसक्ने अनी अरुले गरेको देखेर डाहा लिने र बेरोजगारी श्रीजना गर्ने बतावरण मिलाउन सरकार समक्षा लबिङ गर्न मिल्छ ? अहिले सरकारी मातहतमा बसेर सरकारी सेवा सुविधा लिएर मनलाग्दी गर्ने त्यो कसको पैसा हाम्रो पैसा हैन ? हाम्रो पैसा खाने अनी हामी माथि नै दोस लगाउने ।
जसले राज्यलाई एक पैसा दिइको छ, जसले राज्यको ढुकुटी मात्रै सक्ने काम गर्यो उसकौ राज नेपालमा ।
म राम्रो डाक्टर हो भनेर कसैले धाक दिन मिल्छ । जवकी उसको कामै डाक्टर हो । म राम्रो सर्जन हो भनेर धाक दिन मिल्छ उसको कामै सर्जन होनी । म उनीहरुलाई सोध्न चाहान्छु कति जटिल अप्रेसन गरेऊ १० हजार गरेउ । मैले ४० हजार गरिसके । तिमिहरुले मुटुको गरेऊ आउ संगै बसौ र गरौं म पनि गर्छु मुटुको अप्रेसन । यति मात्रै फरक छ तिमिहरुले अप्रेसन गरेको विरामी मरे मुटुको खराबी रहेछ भन्छौं मैले गर्दा अपुई बच्चादानीको अप्रेसन गर्दा नी मर्नहुन्छ भनेर झगडा गर्न आउछन् फरक त यति नै होनी ।
किनकी ड्राईभरले गाडी हाक्छ , पाईलोटले प्लेन, तर ड्राइभर र पाइलट जतिनै राम्रो भएपनि पानीजहाज चलाउन त सक्दैनन् । चलाउन त अफ्नै क्षेत्रकोले चलाउछ । भन्न खोजेको डाक्टरहरुले पनि सबैले आफ्नो आफ्नो काम गर्ने हो एकले अर्काको काम गर्न सक्दैन । किन जनतालाई छारो हाल्ने काम गर्ने । किन झुट बोल्ने ।
आफुले जानेको काम गर्नु भनेकोत हाम्रो नैसर्गीक अधिकारको कुरा हो । भनिन्छ फलेको ब्रिक्षको हाँगो नझुकेको कहाँ छर । जति जान्ने हुँ मै हु भनेपनि हामीले केहि जानेका छैनौं । सुरुमा मलाई सबै कुरा जान्ने जस्तो लाग्थ्यो आज ४० हजार अप्रेसन गरे तर केहि जान्दीन रहेछु जस्तो लाग्न थाल्यो । आज आफै अलमलमा हुन्छु । मानिषमा ज्ञान संगसंगै बिवेक आएन भने मानिष धन्धुकारी हुन्छ । तपाइले अहिले १०० ग्राम प्रोटिन खानुपर्छ, २०० ग्राम कार्बोहाइटेड र ५ ग्राम फ्याट स्वास्थ्य त एकदम चट बनाइ दिन्छु भनेर हुन्छ । त्यसमा एक महिनाको कष्ट १८ हजार हुन्छ । मानिषको तलब ७ हजार सम्भव छ । अमेरीकामा सम्भव छ तर नेपालमा सम्भव छैन ।
अहिले हामीले जसरी पनि आर्थीक क्रान्ति गर्नु पर्छ । हो मेडिकल कलेजमा केहि कमि कमजोरी छ भने भन्नुपर्यो ए क्वालीटिलाई अलि बढाउ है नत्र ठिक हँुदैन भन्नुको सट्टा मैले तिमिलाई १०० थियो २० दिए अब त्यो ठिक हुन्छ ? भन्नुपर्यो तिमीलाई १०० दिएको थिए यस पटक २० थपेर १२० बनाई दिए तर यहाँ सुधार गर्नु पर्ने छ गर अर्को साल आउछु । क्वालिटी पुगेन भने २० झार्दिन्छु भन्नु पर्यो । होला, गल्ति केहि हुन्छ तर सुधार गर्ने समय दिनुपर्छ ।
गोविन्द केसी विरामीले उपचार गर्ने ठाउँमा अनसन बस्न मिल्छ ? मेरो प्रश्न । के कानुनले दिएको छ त ? यस्ता कुरा हेर्नेकी नहेर्ने । माथेमा आयोगले गरेका कतिपय कुरा राम्रा आफैमा होलान तर निमीट्न्नै पार्नु के अरुले गरेको डाहाँ हैन । हामी देशमा रोजगारीको सृजना गर्नु छ । आज सानातिना विषयमा कसैको ध्यान जादैन जान्छ त मेडिकल कलेजमा ।
osnepal


0 comments
प्रतिक्रिया दिनुहोस्...